युट्युबमा हिक्क हिक्क सार्वजनिक

रामेछाप खबर संवाददाता

काठमाडौं
आधुनिक गीतको बजारमा नयाँ गीत आगमन भएको छ । हिक्क हिक्क बोलको प्रस्तुत गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड र डीडस गार्गले निर्माण तथा निर्देशन गरेका हुन् ।

विजय कुमार पाण्डेको शब्द तथा राजु कार्कीको एरेन्ज र मुस्कान राईको मिक्सिङ रहेको यस गीतमा स्वर तथा लय जिबीहाङ राईको रहेको छ । गीतमा शिरकुमार सामपाङको कोरियोग्राफी तथा श्याम अधिकारी र आकृति दाहालको अभिनय देख्न पाइन्छ ।

मोरङ घर भएका मोडल अधिकारी गीतसंगीतलाई असाध्यै माया गर्दछन् । गीत कृति अनलाइन युट्युबमा च्यानलमार्फत हेर्न सकिन्छ ।