जनताले मलाई गरेको माया र बाँचेको देखेर मान्छे आत्तिएका छन : ओली

रेडियो दर्पण संवाददाता

काठमाडौँ १७,असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचिरहेकाले विरोधीहरूलाई चिन्तित बनाएको टिप्पणी गरेका छन्। एमाले विधान महाधिवेशनको समापन सम्बोधन गर्दै ओलीले आलोचकहरु आफू बाँचेकैले चिन्तित भएको बताएका हुन्।

‘मान्छेहरू अहिले २ कुराले चिन्तित छन्। एउटा म बाँचिरहेकाले चिन्तित छन्। यो बिरामी हुन्छ। अप्रेसन गर्छ। किड्नी फेर्छ। बिरामी भयो अब त मर्छ कि भन्यो, फेरी बाँच्छ,’ ओलीले भने, ‘अर्को कार्यकर्ता र जनताले मलाई असाध्यै माया गर्छन्। त्यसले एमालेलाई फाइदा पुग्छ। अब बाँचेकामै चिन्तित छन् त म के गरुँ? तपाईहरूको मायालाई एक इन्च तलामाथि हुन दिनेछैन। तपाईँहरू ढुक्क हुनुहोस्। म बहुमत ल्याएर देखाउनेछु।’

उनले कार्यकर्ताले आफूलाई माया गर्ने विषय र एमालेलाई फाइदा पनि हुने विषयले पनि विरोधीहरु चिन्तित भएको पनि बताएका छन् । ‘एमालेमा बोल्न पाइँदैन भनेर समेत हल्ला फिँजाएका छन्, उनले भने, ‘उनीहरुले देवत्त्वकरणका कुरा पनि उठाएका छन् । तर, हामी लिडरसिपमा विश्वास गछौँ । हामी देवत्वकरणका पक्षमा छैनौं। हामी देवता मान्दैनौं। तर नेतृत्व भने चाहिन्छ। हामी सबै नेता हो। त्यो बीचमा पनि नेतृत्व गर्ने लिडरसिप चाहिन्छ। नेतृत्वको वरपर गोलबन्द हुने हो।’
ओलीले जबजलाई समयअनुसार संशोधन गर्दै लैजान सकिने पनि उल्लेख गरेका थिए।