नेपालमा गयो भूकम्प, कहाँ हो केन्द्रबिन्दु ?

रेडियो दर्पण संवाददाता

काठमाडौं, १ कार्तिक ।

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।