काठमाडौं, १ कार्तिक ।
आज सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको छ ।
एकहप्ता अगाडि असोज २५ गते तोलाको ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि चाँदी तोलाको ११ सय ८० रुपैयाँ थियो ।