भष्ट्राचारको विषयमा समचार लेखेको भन्दै पत्रकार तिमल्सिनामाथि कुटपिट

रेडियो दर्पण संवाददाता

काठमाडौं, १ कात्तिक ।

प्रेस सेन्टर नेपाल काभ्रेका सदस्य एवं पत्रकार महासंघ ललितपुरका सदस्य चुडामणी तिमल्सिना माथि कुटपिट भएको छ ।

स्थानीय विकास निर्माणमा भएको भष्ट्राचारको बिषयमा समचार लेखेको भन्दै कुटपिट गरेको प्रेस सेन्टर नेपाल काभ्रेका रामकृष्ण बन्जराले जानकारी दिनुभयो ।

बेथानचोक गाउँपालिका वडा नम्बर १ च्याम्राङवेशी घर भएका पत्रकार तिमल्सिनालाई स्थानीय सुदर्शन तिमल्सिनाले कुटपिट गरेको बताइएको छ ।

घाईते तिमल्सिनाको आँखामा चोट लागेको छ । पत्रकार कुटपिटको घटनाप्रति प्रेस संगठन काभ्रेको गम्भीर आपत्ति जनाएको छ । घटनाको दोषी पहिचान भैसकेको अध्यक्ष बञ्जाराले बताउनुभयो ।