एमालेका चर्चित युवा नेता योगेश भट्टराई अस्पताल भर्ना

रेडियो दर्पण संवाददाता

काठमाडौं, ५ कात्तिक ।

नेकपा एमालेका चर्चित युवा नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।

पारिवारिक स्रोतका अनुसार एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गर्नुपरेको हो ।

ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराईले ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना गरेको स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

भट्टराई अस्पताल भर्ना भएको खबर बाहिरिएपछि नेताकार्यकर्ता तथा शुभचिन्तकहरुले चासो र चिन्ता व्यक्त गरिरहेका छन् । नेकपा एमाले विभाजन हुँदा योगेश माधव नेपाल पक्षधर नेता भएपनि नेकपा एमालेमै बसेका थिए ।