सिंहदरबारभित्र अकस्मात् गोली चल्दा‍‍‍‍…

रेडियो दर्पण संवाददाता

१० कात्तिक, काठमाडौं ।
सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।
संसद सचिवालयका अनुसार पीएसओ भारतीले नयाँ पेस्तोल लिएर आएकी थिइन् । त्यसको रजिष्ट्रेशन नम्बर संसद सचिवालयमा टपाउनुपर्ने हुन्छ ।

‘त्यही नम्बर टिपाउने क्रममा गोली चलेको हो’ संसद सचिवालय स्रोतले भन्यो । गोली टेबुलको कुनामा लागेको थियो ।

घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए