काठमाडौं, १२ कात्तिक ।
शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।