सभामुख सापकोटाका छोरालाई मन्त्री सरहको सुविधा दिएर चीन पठाइदै

रेडियो दर्पण संवाददाता

काठमाडौं, १३ कात्तिक ।

सरकारले सभामुख अग्नी सापकोटाका छोरा रुपक सापकोटालाई चिनका लागी नेपाली राजदूत बनाउँने भएको छ। तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजदूत बनाएका सबैलाई सरकारले एकमुष्ठ फिर्ता बोलाए पछि अहिले धमाधम सरकारले राजदूत नियुक्ती गर्न लागेको छ।

चीनका लागि नेपाली राजदूतमा सापकोटालाई बनाइने करिब पक्का जस्तै भएको छ। भारत, अमेरिका र बेलायतका लागी सरकारले राजदुत सिफारिस गरिसकेको छ , चिनका लागी नेपाली राजदुत माओवादी केन्द्रको कोटामा परेको र अग्नीका छोरा रुपक राजदुत बन्न लागको बताइन्छ।

सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो। अब प्रधानमन्त्री शेरवहादुर देउवा बेलायतबाट फर्किएपछि चीन लगायत अन्य देशका राजदूत नियुक्त हुने बताइएको छ।

चीनको लागि नेपाली राजदूतमा सभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटालाई पठाउनेबारे छलफल भइरहेको माओवादी स्रोतले जनाएको छ।

चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले यसै साता कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन्। राजदूतको लागि लबिङ भइरहेका बेला सापकोटाले आकर्षक पदबाट राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

सापकोटा युवा कुटनीतिज्ञ हुन्। सरकारले सिफारिस गरेमा दावाफुटी शेर्पापछि उनी सम्भवतः सबैभन्दा युवा राजदूत हुनेछन्। सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन्। उनी चीन मामिला विज्ञका रुपमा समेत नेपालमा स्थापित हुन खोजिरहेका छन्।

रुपकलाई राजदूत बनाउनेबारे प्रचण्ड सकारात्मक रहे पनि सत्ता गठबन्धनमा विशेष गरी प्रधानमन्त्री शेरवहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनजस्तो विशाल छिमेकी देशमा परिपक्व राजदूत पठाउनुपर्ने आशय व्यक्त गरेको स्रोतले जनाएको छ।

यसैगरि, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको झुठ दुई दिनमै पर्दाफाँस भएको छ। प्रधानन्यायाधी चोलेन्द्रशमशेर जबरालाई भेटेको विषयमा उनले इन्कार गर्दै आएका थिए।

ढाँटेको कुरा काटे मिल्दैन’ भनेजस्तै प्रचण्डको झुटको दुई दिन पनि टिकेन। त्यसको पोल प्रधानन्यायाधीश जबर आफैले खोलिदिएका छन्।प्रचण्ड र चोलेन्द्र बीच प्रधानन्यायाधीश निवास बालुवाटारमा भेटघाट भएको कुरा प्रचण्ड र उनको सचिवालयले अस्विकार गर्दै आएको थियो। तर राणाले सार्वजनिक रुपमै प्रचण्ड आफूलाई भेट्न आएको खुलासा गरिदिएका छन्।

प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलालाई अन्तवार्ता दिँदै प्रधानन्यायाधीश जबराले प्रचण्ड साँझ ६ बजे आफ्नो निवासमा आएको र दश मिनेट बसेर बाहिरिएको बताएका छन् । भेटमा दशैँको शुभकामना आदान प्रदान मात्रै भएको दावी राणाले गरेका छन् ।

प्रधानन्यायाधिश जबराले प्रचण्ड आफँले भेट्न खोजेर भेटका लागि आफूले समय दिएको पनि बताएका छन्। रातको समयमा गएर प्रधानन्यायाधीशलाई भेट्ने बाहिर भेटेको छैन भन्दै हिड्ने प्रचण्ड प्रति अब गम्भीर प्रश्न उठेको छ।

प्रधानन्यायाधीशले मन्त्रीपरिषदमा भाग खोजेको र प्रचण्ड लगायतसँग अस्वाभाविक भेटघाट गरेका लगायतका कारणबाट उनको राजीनामा मागिएको अवस्थामा राणाले टेलिभिजन अन्तवार्ता दिँदै आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन्।

कुनै पनि हालतमा राजीनामा नदिने अडान पनि प्रधानन्यायधीश राणाले फेरी राखेका छन् । आफू कसैको निगाहामा प्रधानन्यायाधीश बनेको नभइ संविधान अनुसार बनेकाले बाहिरिनु परे पनि संविधान बमोजिमनै बाहिरिने राणाले प्रष्ट पारेका छन् ।

अन्तर्वातामा निकै खुलस्त रुपमा प्रस्तुत भएका राणाले आफूमाथी लागेका सम्पूर्ण आरोपको खुलस्त जवाफ दिएका छन् । अहिले नियोजित रुपमा आफूमाथी षड्यन्त्र भएको पनि उनले बताएका छन् । राजनितक संरक्षण रहेको आरोपको पनि राणाले खण्डन गरेका छन् ।

चार जना पूर्वप्रधानन्याधीशहरुको अभियान प्रति असन्तुष्टि जनाउँदै राणाले पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठ धेरै अध्ययन भएको तर विवेक नभएको मान्छे भनेका छन् । सुशिला कार्कीले आफ्नो बारेमा अरुको कान र अरुकै आँखाबाट धारणा बनाएको गुनासो पनि उनले गरेका छन् ।

पटक पटक संविधानको कुरा गरेका राणाले आफू संविधान भन्दामाथि नजाने बताएका छन्। न्यायपालिकालाई अनाथ बनाएर इतिहासमा पनि यस्तै नजिर छोडेर आफू नभाग्ने राणाले बताएका छन् । संविधानलाई राणाले आफ्नो सिरानीसँग तुलना गरेका छन् ।

राणाले प्रष्टसँग महाअभियोग लगाए सामाना गर्न तयार भएको तर कुनै पनि हालतमा राजीनामा भने नदिने बताएका छन् । सडकबाट राजीनामा माग्दैमा दिँदै जाने हो भने प्रत्येक न्यायाधिशले गोजीमा राजीनामा बोकेर हिड्नु पर्ने अवस्था आउँने राणाले बताए ।