घरेलु मदिरासहित कुवेतमा तीन नेपाली पक्रा’उ

रामेछाप खबर संवाददाता

काठमाडौं, १६ कात्तिक ।

कुवेतमा प्रतिबन्धित ९० बोतल घरेलु मदिरासहित तीन नेपाली पक्रा’उ परेका छन् । स्थानीयस्तरमा उत्पादित र आयातित ९० बोतल मदिरासहित तीन नेपाली बुटलेगरलाई पक्रा’उ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्यहाँको सल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएको सुरक्षाकर्मीले फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडी नजिक प्रहरी पुगेपछि गाडीका चालकले भाग्न खोजेका थिए । चालकलाई पक्रा’उ गर्दा गाडीको डिकीमा ठूलो

परिमाणमा स्वदेशी गाँजा र आयातित मदिरासहित ती नेपालीलाई पक्रा’उ गरिएको हो। चालकसँगै अरु दुई जना नेपाली नागरिक रहेको कुवेत प्रहरीले जनाएको छ । उनीहरुलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ । पक्रा’उ परेका उनीहरुको परिचय भने खुलाईएको छैन ।

यसघि पनि कुवेत प्रहरीले विभिन्न समय अबैध घरेलु मदिराको भट्टी सन्चालन गरि बिक्री वितरण गरेको अभियोगमा सयौ नेपालीहरुलाई पक्रा’उ गरि डिपोर्ट गरिसकेको जनाएको छ । कुवेतमा मदिराको कारोबार अबैधा’निक मानिन्छ ।