हनुमानले गधा उठाउन सक्छन्, ‘पापी’हरुले ख्याल गर्नुपर्छ : केपी ओली

रेडियो दर्पण संवाददाता

काठमाडौँ, १६ कात्तिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हनुमानले गधा उठाउन सक्ने भएकाले पापीहरुले ख्याल गर्नुपर्ने चेतावनी दिएका छन् । सांकेतिक रुपमा आफ्ना विरोधीहरुतर्फ संकेत गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् ।

मंगलबार चितवनको अयोध्या धाम र माडी क्षेत्रको अवलोकनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हनुमानले हात जोडिकन गधा उठाउन सक्ने भएकाले पापीहरुले ख्याल राख्नुपर्ने बताएका हुन् । ‘सायद केहीकेही मान्छे आत्तिएका पनि त्यही भएर होला ।

हनुमानको गधा टाउकोमा पर्यो भने भनेर ? पाप नगर्ने हो भने डराउनुपर्दैन । पापीहरु डराउनुपर्छ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले इतिहासको उत्खनन् गरेको बताए ।
उनले अयोध्या धाम रामको जन्म भुमि भएको पहिचान गरेर उक्त स्थानमा राम सीता र हनुमानसहितको मुर्ति र मन्दिर बनाउनुपर्छ भनेर पहल गरेको समेत बताए । ‘अव भगवान राम आफ्नो जन्मस्थानमा आइपुग्नु भएको छ ।

लक्ष्मण, सीता आफ्नो कर्मथलोमा आइपुग्नु भएको छ’, ओलीको भनाइ छ । उनले अव अयोध्या धाम विश्वको सर्वाधिक ठुलो र महत्वपुर्ण दर्शनीय स्थल बन्ने दावी समेत गरे । ‘यहाँ आउने सवैले त शालिग्राम नभेट्लान, एउटा ढुंगो र माटो भएपनि खल्तीमा हालेर जानेछन् र पवित्र ढुंगो हो भन्ने स्मरण गर्नेछन्’, ओलीको भनाइ छ ।