प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेट

रेडियो दर्पण संवाददाता

काठमाडौँ, १६ कात्तिक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । विश्व जलवायु सम्मेलनमा सहभागी हुन स्कटल्याण्डको ग्लास्को पुगेका बेला दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

द्धिपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । त्यसैगरी जलवायु परिवर्तनको असर र कोरोना अन्त्यको लागि सँगसँगै अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।