वीर अस्पतालबाट आयो रामकुमारी झाँक्रीबारे दुःखद खबर

रेडियो दर्पण संवाददाता

रूपन्देही, १६ कात्तिक ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीबारे दुःखद खबर छअस्पताल भर्ना गरेको एक हप्ता वितिसक्दा पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छैन् ।

उनलाई अझै ५ दिन अस्पताल राख्न पर्ने चिकित्सकहरुले बताएका छन् ।सामान्य स्वास्थ्यमा समस्या देखिएर वीर अस्पताल भर्ना भएकी झाँक्रीलाई आगामी शुक्रबार मात्र डिस्चार्ज गरिने अस्पताल ले जनाएको छ।

स्वास्थ्यमा सामान्य सुधार भएको अस्पताल श्रोतको भनाई छ।रुघाखोकी, ज्वरो, निमोनिया देखिएपछि उपचारका लागि अस्पताल पुगेकी मन्त्री झाँक्री गत बिहीबार अस्पताल भर्ना भएकी हुन् ।

उनलाई चिकित्सकले भेटघाट पूर्णरुपमा बन्द गरेर उपचार गरिरहेका छन् ।बाहिरको इन्फेक्सनले स्वास्थ्यमा थप जटिलता ल्याउने भन्दै बाहिरका भेटघाट तथा टेलिफोन सम्पर्क पनि बन्द गरिएको झाँक्रीको सचिवालयले जनाएको छ।

उनको अहिले ज्वरो, निमोनियालगायतका स्वास्थ्यका सबै सूचकहरू सकारात्मक रहेको उपचारमा सलग्न चिकित्सक हरुले बताएका छन् ।

अझैपनि स्वास्थ्य संवेदनशीलता रहेको कारण चिकित्सकहरुले भेटघाटलाई बन्द गराउन सल्लाह दिएका छन् ।चिकित्सकहरुकै सल्लाहअनुसार उपचार, भेटघाट र खानपानको व्यवस्था।

मिलाइएको मन्त्रीको सचिवालयले जनाएको छ।स्वास्थ्यमा क्रमिक सुधार आएकाले शुक्रबारसम्म अस्पतालले डिस्चार्ज गर्ने बुझिएको छ। साभार : News24express