बामदेवको घरमा यस्तो अवस्थामा भेटिइन् रामकुमारी, सबै चकित

रामेछाप खबर संवाददाता

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिष विस्तार गरेसंगै शहरी विकास मन्त्री भएकी रामकुमारी झाक्री एकाएक वामदेव गौतमको घरमा भेटिएकी थिइन् ।

नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतमको घरमा झाँक्री देखिनु धेरैले आश्चर्य मानेका थिए । नेकपा एकीकृत समाजवादीकी सचिव पनि रहेकी झाँक्री दशैंको टिका लगाउन गौतम निवास पुगेकी हुन्।

नेकपा एमाले विभाजित भएपछि गौतमले एमालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका थिए। तर उनी एमाले फुटेर बनेको नेकपा एसमा भने गएका छैनन् ।

नयाँ पार्टी नेकपा एसमा गौतमलाई भित्र्याउने प्रयास भए पनि त्यो सफल हुन सकेको छैन् । त्यसैको प्रयासका लागि रामकुमारी दसैंको टिका लगाउने बहानामा कोटेश्वर पुगेकी हुन् । उनको यो प्रयास पनि सफल नभएको श्रोतको दावि छ ।

केही दिन अघि मात्रै शहरी विकास मन्त्री बनेकी झाँक्री गौतम निवास पुग्नुलाई विशेष चासोका रुपमा हेरिएको छ। यसअघि गौतमको नेतृत्वमा एमाले विभाजन भएर माले बन्दा झाक्री गौतमसँगै थिइन्।

उनी यतिबेला पनि विभाजन भएर बनेको नयाँ पार्टीमा हुन्। नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा आवेदन दिन जाँदा माधव नेपालको हात समातेर डोर्याएको घटनापछि झाँक्री थप चर्चामा आएकी थिइन्।

त्यस्तै झाँक्री फेरि भाइरल भएकी छन् । संधै चर्चा आइरहने उनी यो पटक श्रीमानका कारण भाइरल भएकी हुन् । नेपाल पृति सत्तात्मक समाजबाट निर्देशित छ । श्रीमानले श्रीमतिलाई दिएको निर्देशन अनुसार नेपालीहरुको घर चल्ने गरेको छ । तर झाँक्रीका लागि भने ठिक उल्टो भएको छ ।

उनले आफ्ना श्रीमान पशुपति पुरीलाई सार्वजनिक रुपमा निर्देशन दिएपछि फेरि एकपटक चर्चामा आएकी हुन् । देउवा सरकारमा रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनिन् । उनी मन्त्री बनेकै मन्त्रालयमा उनका पतिको काज सरुवा भएको छ ।

उनी उपसचिवका रुपमा सोही मन्त्रालयमा कार्यरत छन् । उनले अहिले सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छन् । सहरी मन्त्रालयमा उनको निर्देशनलाई कार्यान्वयन गर्ने काममा छन् पति पशुपति पुरी ।

मन्त्रालयमा कार्यभार सम्हाल्ना साथ उनले कुर्सीमा बस्दै कर्मचारीलाई निर्देशन दिइन् । मन्त्रीका लागि गर्नुपर्ने ब्रिफिङ दसैं अघि नै गर्नुहोला । समय कम छ गर्नुपर्ने काम धेरै छन् । उनलाई व्रिफिङ गर्नेमा पर्छन एक जना उनकै पति पशुपति ।

वि.स. २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविसमा जन्मिएकी झाँक्रीको राजनीतिक यात्राहरु उकाली ओराली छन् । ०६५ सालमा पोखरा महाधिवेसनबाट तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा चुनिएकी उनी कक्षा ७ मा अध्ययनरत रहँदै विद्यार्थी राजनीतिमा होमिएकी थिइन् ।

कलिलै उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेकी उनी ०६५ सालमा अनेरास्ववियुको अध्यक्ष भएर राजनीतिक यात्रालाई चुलीमा पुर्याइन् । अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि उनी राजतन्त्रविरुद्ध सडकमा उत्रिइन् । २०६१ सालमा राजाले सैनिक परिचालन गरेर ‘कु’ सत्ता हातमा लिँदा झाँक्री राजतन्त्रविरुद्ध ज्यान दिन सडकमा उत्रेर विरोध गरिन् ।

तर, राजनीतिक जीवनमा होमिएका झाँक्रीलाई अघि बढ्न उनका श्रीमान् पशुपति पुरीको उत्तिकै साथ छ । उनलाई प्रहरीले पक्राउ गर्दा श्रीमान पुरीकै रोहबरमा रिहा गरिएको थियो ।

पुरी अहिले नेपाल सरकारको उपसचिव पदमा कार्यरत छन् । क्याफेमा भेट भएर चिनजान भएका झाँक्री र पुरीको स म्ब न्ध विवाहमा परिणत भयो । झाँक्री मगर समुदायका हुन् भने पुरी आर्य समाजका ।

तैपनि विचार र सिद्धान्त मिलेपछि पशुपति र रामकुमारीको चिनापर्ची भएको ५ वर्षपछि अर्थात् २०६६ माघ २९ गते विवाह भयो । पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रुपमा कार्यरत छन् । उनी धनकुटावासी हुन् भने झाँक्री गुल्मीकि हुन् । सञ्चारकेन्द्र