अर्को सूचना जारी नभएसम्मका लागि काभ्रेमा फेरि निषेधाज्ञा थपियो

रेडियो दर्पण संवाददाता

काभ्रे (धुलिखेल), १७ कात्तिक ।

अर्को सूचना जारी नभएसम्मका लागि काभ्रेमा निषेधाज्ञा फेरि थपिएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि काभ्रेमा निषेधाज्ञा थप गरेको हो ।

जिल्लामा केहि महिनादेखि स्मार्ट लकडाउन छ । यसैबिच नजिकिदैँ गरेको चाडपर्व संगै कोरोना महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले विभिन्न मापदण्ड तोकेर निषेध आदेशलाई निरन्तरता दिएको छ । कार्यालयले यस अघि जारी गरेको विगतका निर्णयलाई यथावत राख्दै निषेधाज्ञा समय अवधि थप गरेको हो ।

नेपालको संविधान अनुसार उल्लेखित आदेशहरु पलना नगर्ने वा यो काम गर्न बाधा पु¥याउने जो कोहीलाई संक्रमण रोज ऐन २०२० तथा स्थानीय प्रशासन एने २०२८ अनुसार कानुनी कार्वाही गरिने बताईएको छ ।