बँदेलसँग ठोक्किएपछि सीता एयरको जहाज दुर्घटना

रेडियो दर्पण संवाददाता

काठमाडौं :

सीता एयरको जहाज आज बिहान बँदेलसँग ठो’क्किएर दुर्घटनामा परेको छ। नेपालगञ्ज विमानस्थलको धावनमार्गमा हुम्लाको सिमिकोट उड्ने क्रममा उक्त जहाज बँदेलसँग ठो’किएको हो।

दुर्घटनामा मानवीय क्षति नभएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ। जहाजमा भने क्षति भएको छ। सो जहाजको अगाडिको र पछाडिको टायरको बीच भागमा प्वा’ल परेको छ। दुर्घटना हुँदा अहिले विमानस्थल बन्द गरिएको छ। बन्द विमानस्थल सन्चालनको प्रयास भइरहेको छ। धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ । जहाजले १४ यात्रु र कार्गो बोकेको थियो ।

जहाज नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उड्ने तयारी गर्दै थियो। धावनमार्गमा बँदेलका बच्चा देखिएका थिए। बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार जहाजमा बँदेल ठ’क्कर खाएको हो। धावनमार्ग वरपर घाँसे मैदान रहेकोले त्यहाँबाट बँदेल आएको उनले बताए।

‘धावनमार्ग वरपरका घाँस काट्ने व्यवस्था गर्ने तयारी छ,’ उनले भने। जंगली जनावरले यसअघि पनि विमानस्थलमा दु:ख दिने गरेको उनले बताए।जहाजलाई पार्किङ गरेर राखिएको विमानस्थल स्रोतले जानकारी दिएको छ। यात्रु र चालक सकुशल छन्।