देउवा र प्रचण्डले एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न एमाले उपाध्यक्ष रावलको माग

रेडियो दर्पण संवाददाता

काठमाडौं, २२ कात्तिक।

भीम रावलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेर एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त पत्र सार्वजनिक गर्न माग गरेका हुन ।

उपाध्यक्ष डा रावलले भनेका छन, ‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो।राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो।

प्रचण्डको पत्र के हैसियतले पठाइयो?’नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बन्नु अघिनै अमेरिकी ।

सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सचिवाल यलाई यही संसदबाट अनुमोदन गराउने प्रतिवद्धतासहितको पत्र पठाएको खुलासा भएको छ ।