मन्थली नगरपालिकामा बहिनीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको अभियाेगमा दाई पक्राउ

रामेछाप खबर संवाददाता

६ मंसिर, रामेछाप ।

मन्थली नगरपालिका–२ कठजोरमा आफ्नै बहिनी ताना पर्ने सुस्त मनस्थिति भएकी एक किशोरीलाई जबरजस्ती करणी गरेर फरार रहेका एक २९ बर्षिय युकवलाई प्रहरीले पक्राउ परेको छ । ती किशोरी गर्भवती भएपछि पीडित परिवारले जबरजस्तीकरणीमा संलग्नको खोजी गरेको थियो । बोल्न नसक्ने ती युवतीले आफ्नै नाता पर्ने दाई रहेको देखाएपछि ती युवक फरार भएका थिए ।

गत वैशाख २१ गते जबरजस्ती करणी गरेको पीडित परिवारले जाहेरी दिएसँगै जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीको टोलील्े शुक्रवार काठमाडौंको कालिमाटीबाट ती युवकलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले पक्राउ परेका अभियुक्तमाथि ६ दिन म्याद थपेर अनुसन्धान अगाडि बढाइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार अभियुक्तले रक्सीको नसामा आफूल बहिनी नाता पर्नेमाथि जबरजस्ती करणी गरेको स्वीकार गरेका छन् ।