७ मंसिर, काठमाडौं ।
पुग्नुपर्ने गन्तव्य एक ठाउँ, तर पुर्याइयो अर्कै ठाउँ । यस्तो भइदियो भने कस्तो महशुस हुन्छ यात्रुलाई ? हो, यस्तै भयो सोमबार । सन्की पाइलटले आफ्नो ड्युटी समय सकियो भन्दै यात्रुलाई बिचल्लीमा पारे ।
सोमबार काठमाडौंबाट रुकुमका लागि भनेर टिकट काटेका यात्रुहरु नेपाल एयरलाइन्सको जहाजमा बसे । सबै यात्रु जहाजमा बसेपछि पाइलटले जहाज उडाए । जहाजमा बसेका यात्रुहरु चाँडै गन्तव्यमा पुग्ने आशामा थिए ।
पाइलट थिए पेम्बा शेर्पा । तीन बजेको उडान भनिए पनि केही ढिलाइ भयो । समयमै नउडेको जहाजले केही ढिला गरि उडान भर्यो ।
४ बजेको आसपासमा जहाज नेपालगञ्ज विमानस्थलमाथि उड्दै थियो । यत्तिकैमा पाइलट शेर्पाले जहाजलाई नेपालगन्जमै अवतरण गरे ।
यात्रुहरुले रुकुम नपुर्याएर किन यहाँ अवतरण भयो ? भनेर प्रश्न गर्दा पाइलट उल्टै सन्किए । उनले ‘मेरो डय्टी आवर अफ भो’ भनेर भने ।
गन्तव्यमा पुर्याएर आफूहरुलाई बिचल्लीमा पारेको भन्दै यात्रुहरु मुर्मुरिए पनि केही हुनेवाला थिएएन । जहाज अवतरण गरेर पाइलट आफ्नो बाटो लागे ।
स्रोतका अनुसार पाइलटको सनकका कारण रुकुम पुग्ने यात्रुहरु बिचल्लीमा परे । पाइलटले जानी जानी रुकुम नपुर्याएर यात्रुहरुलाई बीच बाटोमै अलपत्र पारेका हुन् भने पाइलटका कारण यात्रुलाई होटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी भएको पनि स्रोत बताउछ ।
यता, नेपाल एयरलाइन्सले भने पाइलटको ड्यूटी समय र मौसम प्रतिकुल भएकाले रुकुम नपुगेर नेपालगञ्जमा जहाज अवतरण गर्नुपरेको बाध्यता सुनाएको छ ।
सोमबारै रुकुम पुग्नुपर्ने यात्रुहरु मंगलबार बिहानमात्रै रुकुम पुगेका छन् ।