प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

रेडियो दर्पण संवाददाता

काठमाडौं, १२ मंसिर ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको छ।

केही दिनअघि बार पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको विवादका बारेमा दुई तीन दिनभित्रै गठबन्धनमा छलफल हुने आश्वासन दिएका थिए । सोही अनुसार आज बालुवाटारमा गठबन्धनमा सहभागी दलका नेतृत्वसँग छलफल भएको हो ।

गुल्मीमा देउवा पक्षको आक्रोश : छापामार शैलीको निर्वाचन प्रक्रिया मान्दैनौं

सभापति शेरबहादुर देउवा पक्षले गुल्मी कांग्रेस जिल्ला अधिवेशन छापामार शैलीमा गरिएको भन्दै निर्वाचन प्रक्रिया स्थगित गरेर पुन: मतदानको माग गरेको छ ।

मुसिकोट मतदान केन्दको मतपत्रमा संकेत भेटिएपछि शनिबार दिउँसोबाट मतदान रोकिएको छ । निर्वाचन मण्डलले आइतबार बिहान ९ बजेबाट पुनः मतदान गर्ने जनाएका बेला देउवा पक्षका उमेदवारले पूरै निर्वाचन प्रक्रिया स्थगित गरेर अर्को निर्वाचनको माग गरेका छन् ।

एभरग्रिन पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै सभापतिका उमेदवार वेदबहादुर थापा मगरले मतदाता प्रभावित पार्न फोटासहितको प्रचार सामग्री वितरण गरेको, मतदातालाई डरधम्की दिइएको, पार्टीको विधानिवपरीत बंग्याएर मतपत्रमा नभएको क्रम संख्या राखिएको, अर्धकट्टीमा नाम र क्रम संख्या राखेर कब्जा गर्ने रणनीतिका साथ अगाडि बढाइएको निर्वाचन प्रक्रिया आफूहरूलाई मान्य नहुने बताए ।

‘क्षेत्रमा पनि मनोमानी चल्यो । अहिले पनि निर्वाचन मण्डल र निर्वतमान कार्यसमितिको योजनामा मतपत्र दुरुपयोग गरियोे,’ उनले भने, ‘छापामार शैली स्विकार्य छैन । मतदान नरोकिए प्रतिवाद गर्छौ ।’ उनले आफूहरूलाई जानकारी नगराइकनै मनोमानी ढंगले पुन: मतदानको मिति तय गरिएको भन्दै निर्वाचन मण्डलको पनि कडा आलोचना गरे । पौडेल पक्षका नेताहरूले भने वेद मगरको प्यानलले निर्वाचनको परिणाम स्विकार गर्न नसकेको तर्क गर्दै आएका छन् ।