अहिलेको नेतृत्व परिवर्तन भएर फेरी जिम्मेवार गठबन्धनको सरकार बन्छ : शेखर कोइराला

रेडियो दर्पण संवाददाता

काठमाडौं, २६, मंसिर ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको ऊर्जाको सम्मिश्रण गर्दै सशक्त कांग्रेस बनाउने बताएका छन् ।

कांग्रेस सभापतिका प्रत्याशी रहेका नेता कोइरालाले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइरालालगायत नेताको अनुभवलाई आत्मसाथ गर्दै युवा ऊर्जाका साथ काम गर्ने बताएका छन् ।

देउवाले युवाको ऊर्जाले मात्रै सशक्त र गतिशील कांग्रेस निर्माण हुने बताएका छन् । नेता कोइरालाले हिजोका तिक्तता भुल्दै अब नयाँ सिराबाट अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । उनले संविधानमा केही परिमार्जन गर्नुपर्ने भए त्यो पनि गरिने उनले बताएका छन् ।

उनले पार्टी भित्रका व्यथिति अन्त्यका लागि जबाफदेही नेतृत्व खोजिरहेको धारणा राखेका छन् । उनले प्रधानमन्त्री देउवाले आफूलाई नजिताए गठबन्धनको सरकार ढल्ने बताएको प्रति आपत्ति जनाएका छन् ।

नेता कोइरालाले नेतृत्व परिवर्तन भएर फेरी पनि जिम्मेवार गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।