माइक्रोबस दुर्घटना, २ जनाको मृत्यु, ८ घाइते

रेडियो दर्पण संवाददाता

२९ मंसिर, काठमाडौं ।

इलामको हर्कटे बजार नजिकै माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । इलामको कुटीडाडास्थित पाथीभरा माताको दर्शन गरेर फर्कने क्रममा गाडी दुर्घटना हुँदा अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा माई जोगमाई गाउँपालिका ४ निवासी ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँ निवासी ४० वर्षीय भरत प्रसाद घिमिरे रहेका छन् ।

दुर्घटनामा परी २ वर्षीया नावालिका सहित ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ । मे १ च ३३०७ नम्वरको सवारी हर्कटे बजार नजिकै तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब एकसय मिटर तल झरेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।