सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

रेडियो दर्पण संवाददाता

२६ पुस, काठमाडौं ।

आइतबार नेपालमा स्थिर रहेको सुनको मूल्य आज(सोमबार) ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० रहेकोमा आइतबार रु ९१ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ८०० रहेकामा आइतबार प्रतितोला रु ९१ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य आइतबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै रु एक हजार २२० कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।