गठबन्धन टुट्ने अड्कलबाजि बिच माधव नेपालले गरे यस्तो खुलासा !

रेडियो दर्पण संवाददाता

१९ माघ, काठमाडौं ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुटाउने षड्यन्त्र सफल नहुने दाबी गरेका छन् ।

आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले छलफल गरेको र गठबन्धन दिगो रूपमा जाने उनले बताए।

अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।

‘अहिले मिडियामा आएका कुरालाई लिएर दिमाग खराब गर्न जरुरी छैन । भर्खरै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग मेरो छलफल भएको छ । मिडियामा आएका विषय मनगढन्ते भएकोले गठबन्धनलाई मजबुत बनाउने कुरा भएको छ’, नेपालले भने ।

‘कसैले गठबन्धन तोड्न चाहेको होला तर पूरा हुँदैन,’ अध्यक्ष नेपालले भने, ‘गठबन्धनबारे विभिन्न खबरहरू आएका छन् त्यसमा सत्यता छैन।’

उनले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन गरिएको र अब पनि गठबन्धन गर्दै जाने बताएका छन्।