बिबाह र हनिमुनको बारेमा खुलेर बोलिन शिलु पोख्रेल

रेडियो दर्पण संवाददाता

युट्युबबाट प्रशारणहुँदै आएको रियालिटी शो ब्लाइन्ड डेट पहिलो सिजनको विजेता शिलु पोखरेल र गोल्डी बनेका छन्। आइतबार प्रसारण भएको फाइनलमा उनीहरू विजेता बनेका हुन्। तर विजेता के को आधारमा छानिएको हो त्यो भने खुलाउन सकेको छैन कार्यक्रम निर्माण टिमले।

राम र नर्बदा फस्ट रनरअप भएका छन्। शिलु र गोल्डीको प्रतिस्पर्धी जोडीको रूपमा हेरिएको देवेन्द्र र मिनाको जोडी फ्लप भयो। तर फाइनलमा मिना नै आइनन्। उनी एक्लै भए। मिना कार्यक्रममै आइदिइनन्। उनले मिना विदेश गएर फर्किएकाले आउन ढिला भएको बताउँदै कुरिरहे। उनले मलाई मेरो मायाप्रति विश्वस्त छ भन्दै कार्यक्रमको अन्त्यसम्ममा उनी पुग्ने बताइरहे।

कार्यक्रमका सहभागीहरूले के भयो, केही नराम्रो भयो कि भनेर जिस्काइरहे। शिलुले जिस्काउन पाएको मौका किन छाड्थिन् र। उनले के भयो देवेन्द्र तिम्रो आँखा किन सुन्निएको भनेर जिस्काइन्। तर उनी आइनन्। देवेन्द्र कार्यक्रमको फाइनलका लागि अयोग्य भए।

निर्देशक रोशन दाहाल फाइनलमा कार्टुन देखिएका थिए। फाइनलमा महिला प्रतियोगीको कपडा बकेटमा राखेर पुरुषको आँखामा पट्टी बाँधेर सुँघेर त्यो कसको कपडा हो पत्ता लगाउनुपर्ने खेल खेलाइएको थियो। उनले कसैको कपडा पहिचान गर्न सकेनन्। सबै शिलुकै कपडा थियो।