टिपर र भ्यान ठो’क्किँदा आमा–छोराको मृत्यु, दुई घाइते

रेडियो दर्पण संवाददाता

२१ माघ, काठमाडौं ।

भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा आज टिपर र मारुती भ्यान एकापसमा ठो क्किँ दा दुईजनाको मृ’त्यु भएको छ भने दुईजना घाइते भएका छन् ।मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपर एकापसमा ठ क्क र खाँदा दु’र्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा भ्यानमा सवार धादिङको गल्छी गाउँपालिका–१ की ३६ वर्षीया निशा ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगाना रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार उनीहरूको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको हो ।भ्यानका चालक ३५ वर्षीय राजकुमार ढुंगाना र मृ त क निशाकी आमा राप्ती नगरपालिका–३ की ५८ वर्षीय धिरमाया ओली घाइते भएका छन् ।

ओलीको अवस्था गम्भीर रहेको र ढुंगानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते दुवैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।कार्यालयका अनुसार भ्यानलाई ठ क्क र दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।