२२ माघ, खबरमुकाम ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सबैको सहमति भएपछि मात्रै एमसीसीलाई अघि बढाउने बताएका छन् ।
शुक्रबार उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले सबैको सहमति भएमात्रै एमसीसीलाई अघि बढाउने बताएका हुन् ।
एमसीसी गरिबी न्यूनीकरणको लागि अमेरिकाले दिएको एउटा पारियोजनामात्र रहेको उनले बताए । एमसीसी परियोजना नेपालमा लागु भए नेपालमा विद्युत उत्पादन अत्याधिक हुने र उक्त विद्युत बिक्री गरेर नेपाल आत्मनिर्भर हुन सक्ने बताए ।
विभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएको उनको भनाइ रहेको छ ।