मलेसिया प्रवेश गर्ने यस्ता व्यक्तिहरु क्वारेन्टाइन बस्न पर्दैन (नयाँ सुचना सहित)

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

नेपालीको बैदेशिक रोजगारको प्रमुख गन्तव्यको रुपमा रहेको मलेसियाले आज देखि लागु हुने गरि नयाँ स्वास्थ्य मापदण्ड जारि गरेको छ | जसले मलेसिया प्रवेशमा थप सहज पुराएको छ |

हालसालै कोरोना संक्रमण भएर निको भएका र खोपको पूर्ण मात्रा लगायाकालाई क्वारेन्टाइन बसेको नियममा छुट दिइएको छ |

मलेसिया प्रवेश यात्रुहरूका लागि नयाँ क्वारेन्टाइन नियम के के हुन् ?

मलेसिया आइपुग्नु भन्दा पहिले कोभिड ११-६० दिन संक्रमित भएका मलेसिया प्रवेश गर्ने यात्रुहरू जसले पुरा खोप लगाएर १४ दिन काटी सकेको छ उनीहरु लाई मलेसिया प्रवेश आजबाट कुनै क्वारेन्टाइन आवश्यक छैन।

मलेसिया आइपुग्नु अघि उनीहरूले कोभिड ११-६० दिन पोजिटिभ देखाएको प्रमाण (परीक्षण परिणाम) हुनु पर्छ।

मलेसिया आइपुग्नुभन्दा दुई दिन अघि उनीहरूलाई कोभिड (लागू भएमा) अस्पतालमा भर्ना गरिएको अस्पतालबाट ‘फिट टु ट्राभल’ पत्र वा नेगेटिभ प्रोफेशनल एन्टिजेन परीक्षणको नतिजा।

यदि तपाई हालसालै कोविडबाट संक्रमित हुनुभएको छैन भने, तपाईले अझै पनि सामान्य रूपमा क्वारेन्टाइन गर्नु पर्छ।

यदि तपाइँ भर्खरै कोभिडबाट संक्रमित हुनुभएको छ, तर पूर्ण रूपमा खोप लगाइएको छैन भने, तपाइँले ७ दिनको लागि अनिवार्य क्वारेन्टाइन गर्नु पर्छ।