हार्दिक बधाई ! प्रचण्ड, माधव, वैध्य,र विप्लव बीच एकताको मिति घोषणा

रेडियो दर्पण संवाददाता

२८ माघ, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बतानुभभएको छ ।

परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उहाँको भनाइ थियो ।

खुमलटारमा मंगलबार बिहान आयोजित एक कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्ज चन्द्रवीर तिरुवा (रवीकिरण) सहित जिल्ला सेक्रेटर, सहसेक्रेटरी लगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गराउँदै प्रचण्ड उक्त धारणा राख्नुभएको हो ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्, ’ उहाँले भन्नुभयो, ‘हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’

उहाँले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’ अध्यक्षले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताउनुभयो ।

प्रवेश गर्नेहरुका तर्फबाट रवीकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताउनुभयो ।

अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति २०७८ पौष २५ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा एकै ठाँउ आएका विपक्षी दलहरू यतिबेला सरकारविरुद्ध आक्रामक छन् ।

प्रधानमन्त्री ओलीले सत्ता टिकाउन गरेका गतिविधिका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकाल्दै उनीहरूले सडक–संघर्षसमेत सुरु गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा रहेको गठबन्धनमा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूह पनि सहभागी छ, जबकि एमालेकै नेतृत्वको सरकार छ । त्यसैले खनाल–नेपाल समूह कहिलेसम्म गठबन्धनमा रहलान् ? जिज्ञासा छ ।

गठबन्धनको औचित्य, उसका संघर्षका कार्यक्रम र यसको र भविष्यबारे गठबन्धनका महत्वपूर्ण बैठकमा सहभागी हुँदै आएका एमाले नेता भीम रावलसँग बबिता शर्माले गरेको कुराकानी ।

विपक्षी गठबन्धन राष्ट्र गम्भीर राजनीतिक संकटमा धकेलिएको निष्कर्ष पुगेको छ, यसका आधार के-के हुन् ?पहिलो–आमनिर्वाचनदेखि अहिलेसम्मको स्थिति मूल्याङ्‍कन गर्‍यौं भने देश निरन्तर अस्थिर राजनीतिको चक्रमा फसेजस्तो देखिएको छ । यसबाट हाम्रो संविधान, लोकतन्त्र र प्राप्त गरेका उपलब्धि नै संकटग्रस्त बन्दै गएको घ;टनाक्रमले देखाएका छन् ।

दोस्रो– हामीले धेरै लामो समयदेखि आफ्नोबारे आफैं निर्णय गर्न पाउने, आफ्नो देशको आवश्यकता र आफ्ना जनताका भावना अनुरुप अगाडि बढ्न पाउने उचित परिवेश पाइरहेका छैनौं । राजनीतिका अनेक परिवर्तन र व्यक्तिहरूमा बाह्य दबाब र हस्तक्षेपका घटनाहरू पनि देखेका छौं ।

जब कुनै देशभित्रका राजनीतिक शक्तिहरू आफ्नोबारे आफैं निर्णय गर्न पाउने र आफ्नो विवेकले काम गर्न पाउने अवस्थामा पुग्छन्, त्यतिबेला जनता र देशप्रतिको जिम्मेवारी प्रबलरुपमा प्रकट हुन्छ । त्यो नहुँदा राजनीतिक शक्तिहरू, दल र समग्र राजनीति नै दिशामा जान अवरोध सिर्जना हुन्छ । अहिले अवरोध सिर्जना भइरहेको छ ।

तेस्रो– आम निर्वाचनपछि देशले राजनीतिक स्थायित्व प्राप्त गरेर नेपाली जनताले लामो समयदेखि अपेक्षा गरेको विकास र समृद्धिको बाटोमा अग्रसर हुन्छौं भन्ने आशा गरेका थिए । तर, झन्डै दुई तिहाई बहुमत भएको सरकारका प्रधानमन्त्री अहिले बहुमत गुमाएर न्यूनतम समर्थन पनि नरहेको अवस्थामा छन् ।

प्रतिनिधिसभा दुई–दुई पटक विघटन भएको छ । एकपछि अर्को अध्यादेश ल्याइएको छ, जबकि लोकतन्त्रमा अध्यादेशबाट शासन गर्ने भन्ने हुँदैन । अध्यादेश भनेको तत्काल नगरिनहुने अनिवार्य परिवेश आयो भने अपवादका रुपमा मात्रै ल्याउने काम हो ।

चौथो कारण– हामी एकातिर राजनीतिको अस्थिर वातावरणमा छौं । त्यो सँगसँगौ देशमा कोरोना महामारी, प्राकृतिक विपत्तिलगायतमा सरकारले देशलाई एकताबद्ध बनाउने र राष्ट्रिय शक्तिलाई विपत्तिसँग जुध्न अग्रसर गर्ने दिशामा पटक्कै पनि पहल लिएन ।

पाँचौँ– हामी यस्तो भू–राजनीतिमा छौं, जो अत्यन्तै संवेदनशील छ । दुई छिमेकी विश्वका ठूला शक्तिको रुपमा उदाउँदै गरेको अवस्था छ । यस्ता दुई देशको बीचमा रहेको नेपाल जो कहिल्यै पनि कसैको अधिनमा रहेन ।

आफ्नो स्वाधिनता, स्वतन्त्रतालाई अक्षुण्ण राखेर आजसम्म विश्वसामू उभियो । तर, अहिले देशको परराष्ट्रनीतिमा धेरै ठूलो विचलन र धेरै ठूलो असन्तुलन देखा परेको छ ।

हाम्रोजस्तो देशका लागि कूटनीति अत्यन्तै संवेदनशील हो । त्यसको माध्यमबाट हामीले राजनीतिक, आर्थिक, सामाजिक दृष्टिकोणबाट कसैले पनि देशलाई हेप्न नसक्ने अवस्थामा पुर्‍याउनु र्छ ।

तर, सरकारमा यो दृष्टिकोण नै रहेको देखिँदैन । त्यहाँ भएका नियुक्ति र त्यहाँ भएका मान्छेहरू हेर्‍यौं भने कूटनीतिक क्षेत्र पनि अत्यन्त संकटग्रस्त हुने सम्भावना देखिन्छ ।

राष्ट्रिय सुरक्षाको समग्र दृष्टिकोण हेर्दा र मैले माथि भनेजति कारणलाई ध्यानमा राखेर प्रमुख राजनीतिक दलहरूबाट राष्ट्र गम्भीर राजनीतिक संकटमा धकेलिएको अभिव्यक्ति आएको हो ।

तपाईंले देशका राजनीतिक दलहरू आफैंले निर्णय गर्ने अवस्थामा छैन भन्नुभयो । यही विषय पाँच पूर्वप्रधानमन्त्रीले वक्तव्य निकालेर भनेका थिए । तर, यो अवस्था आउनुमा तपाईंहरू पनि जिम्मेवार हुनुहुन्छ भन्दै धेरैले तपाईंहरूले उठाएको मुद्दालाई विश्वास गरेनन् नि ?

विगतमा विभिन्न समयमा, विभिन्न घटनाक्रममा देखिएको हुन सक्छ । नेपालीले आफ्नोबारे आफैं निर्णय गर्न पर्ने स्थितिमा कहिलेकाहीँ त्यस्ताखालका हस्तक्षेप र दबाबले पनि प्रसय पाएको हुन सक्छ । तर, यसको अर्थ विगतमा कहीँकतै यस्तो देखिएको थियो भनेर अहिले खुलेआम हुनुपर्छ भन्ने हुँदैन ।

अहिले वक्तव्य निकाल्ने पाँच पूर्वप्रधानमन्त्री पनि कुनै न कुनै रूपमा सरकार वा सत्ताको नजिक हुनुहुन्थ्यो, त्यसको अर्थ अहिले खुलेआम बाहृय हस्तक्षेप हुँदा वा दबाब आउँदा बोल्नै हुन्न भन्ने होइन ।

विगतमा उहाँहरूको पालामा त्यस्तो भएको रहेछ भने पनि उचित भएन/थिएन । त्यसका परिणाम हाम्रा लागि ठिक भएन भन्ने महसुस भएको रहेछ भन्ने अर्थ पनि लाग्छ नि । त्यसकारण विगतमा त्रुटी थियो र अहिले दोहोरिनु हुँदैन भनेर कसैले भन्यो भने किन भनिस् भन्ने तर्क उचित हुन सक्दैन ।

विगतमा जेसुकै भए पनि आजको अवस्था र भविष्यमा त्यस्ता कुरा बन्द हुनुपर्छ भन्ने आशय नेताहरूबाट आउनु सकारात्मक हो । विगतलाई देखाएर कसैले अहिलको अवस्थाको औचित्य सावित गर्न खोज्नु तर्कसंगत हुन सक्दैन । विगतमा भएको थियो भने त्यो गलत हो, अहिले पनि गर्न पाईदैन र भविष्यमा पनि गर्न भएन ।

गठबन्धन सडक संघर्षमा जाने निर्णयमा पुगेको छ । कस्ता प्रकृतिका संघर्ष गर्दै हुनुहुन्छ ?

पूरा कार्यक्रम नै ल्याएर सडक संघर्षमा गईहालेको मैले देखेको छैन । तर, अस्ति हामीले गरेको यस्तै स्थिति रहन्छ भने जनपरिचालनको दिशामा अग्रसर हुन पर्ने अवस्था आउँछ भनेका हौं । जनतालाई परिचालन गर्ने भनेको लोकतन्त्रको लागि सडक संघर्षको एउटा रूप हुन्छ भन्ने त्यहाँ भनिएको छ ।

सडक संघर्षको व्यस्थित कार्यक्रम आइसकेको छैन । तर, राजनीतिक दल र जनताको लागि काम गर्छु भन्ने संगठनले देशको सर्वोपरि हित र धेरै लामो संघर्षबाट ल्याएको संविधानको रक्षाका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएछ भने मानसिक रुपमा तयार हुँदैछौं । आवश्यक पर्‍यो भने अगाडि बढ्छौं भनिएको छ ।

संसद विघटनलगायतका मुद्दा सर्वोच्चमा सुनुवाई सुरु भएकै दिन तपाईंहरू संघर्षमा जाने निर्णय गर्नुभयो । यसले त सर्वोच्च अदालतमाथि दबाब बनाउन खोजेको देखिएन ?

अदालतमा रिट निवेदन दायर गर्नु अगाडिदेखि नै हामीले राजनीतिक दलको तर्फबाट निरन्तर कुरा उठाउँदै आएका हौं । ती विषयमा बेलाबखत आफ्ना मत, विचार प्रकट भइरहेका छन् । यद्यपि कोरोना महामारीको स्थितिमा ती विचारलाई जनताकोबीचमा अलि व्यापक र शसक्त रुपमा लैजाने वातावरण भएन ।

किनभने जनताको जीउज्यानको सुरक्षा सबैभन्दा महत्वपूर्ण छ, त्यस्तो अवस्थामा जनपरिचालन गर्न सम्भव भएन । त्यसकारण त्यो बेला संचारमाध्यमबाट र कार्यक्रमबाट ती विचार प्रकट गरेका थियौं ।

अहिले स्थिति अलि खुकुलो बनेको छ, कोरोना तुलनात्मक रुपमा घटेको छ । त्यसकारण अब ती विचारलाई अलि शसक्त ढंगले अगाडि बढाउने स्थिति देखा परेको छ । अदालतमा मुद्दाको बहस हुनु र हाम्रा विचारले व्यापकता पाउनु संयोगमात्रै हो । पहिल्यैदेखि उठेका बिषय भएको हुँदा अदालतलाई दबाब दिने उद्देश्य हैन । लोकतन्त्रको रक्षा, जनताका इच्छा र आकांक्षा परिपूर्ति गर्ने दिशामा राजनीतिक दलले आफ्नो जिम्मेवारी अनुरुपको क्रियाशिलतालाई गति दिएको मात्रै हो ।

यो गठबन्धन सत्ताप्राप्तिको अंकगणित मात्रै हो, संविधान, लोकतन्त्र, संघीयता र अहिलेको व्यवस्थाको रक्षाको कुरा त नारामात्रै हो भन्ने आरोप पनि छन् नि ?

आरोप त विभिन्न लगाउन सक्छन् । घटनाक्रम र तथ्यलाई जसले राम्ररी हेर्छ, उनीहरूले आरोपमात्रै हो भन्ने स्वतः बुझ्छ । किनभने नेपालको संविधान निर्माण गरेर संविधानसभाबाट जारी गरिसकेपछि नाकाबन्दी भोग्यौं । त्यसपछि आमनिर्वाचन भयो, आमनिर्वाचनमा संयुक्त घोषणा पत्र जारी गर्‍यौं ।

त्यसमा देश र जनताप्रति गर्न पर्ने कामका लामालामा सूची प्रस्तुत गर्‍यौं । धेरै ठूलो बहुमतका साथ काम गर्नुस् भनेर जनताले हाम्रो पार्टीलाई मत दिए । त्योदेखि अहिलेसम्मका घटनाक्रम हर्‍यौं भने देशमा धेरै राजनीतिक अस्थिरता पैदा भएको छ, साथै देशले अनेकौं समस्या सामना गरिरहेको छ ।

अब पनि आवाज नउठाउने र चुप लाग्ने हो भने देश अकल्पनीय संकटतर्फ जानसक्छ भन्ने प्रष्टै देखिन्छ । त्योप्रति संवेदनशील भएर पाईला चाल्नु तथा आवाज उठाउनु जिम्मेवारीबोधका साथ गरिएको र गर्नैपर्ने काम हो । यसमा कसैले अन्यथा टिकाटिप्पणी गर्छ भने त्यो पूर्वाग्रही सोच हुनसक्छ या तथ्यहरू राम्ररी मनन नगरेर भनेको हुन सक्छ ।

एमालैकै सरकार छ । एमालेकै नेता तपाईंहरू विपक्षी गठबन्धनमा हुनुहुन्छ । यो कस्तो राजनीति गर्दै हुनुहुन्छ ?

सामान्य अवस्थामा यो प्रश्न धेरै उचित हो । तर, हाम्रो देश सामान्य अवस्थामा छैन । असाधारण अवस्थामा पुगिसकेको छ । हामीले झन्डै दुईतिहाई बहुमत प्राप्त गर्‍यौं, त्योबेला एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै चुनाव चिन्हमा चुनाव लडेर आएका थियौं ।

दुई राजनीतिक दलले हामी संयुक्तरूपमा अगाडि जान्छौं र पार्टी एकता गर्छौं भनेर जनताका बीचमा वाचा गरेका थियौं । जनताले ती बाचा पत्याएर मत पनि दिए । सरकार पनि बन्यो ।

सरकार बनिसकेपछि झन्डै दुईतिहाई बहुमत ल्याएको राजनीतिक दलको तर्फबाट आफ्नो संयुक्त घोषणालाई कार्यान्वयन गरेर अगाडि बढ्नको साटो निर्वाचनको बेला र त्योभन्दा अगाडि कडा प्रतिस्पर्धा गरेको राजनीतिक दलका मान्छेलाई ल्याएर मन्त्री बनाईयो, पहिल्यै चरणमा ।

३८ महिनामा १८ पटक मन्त्रिमण्डल फेरबदल गरियो । सुरुवात नै त्यसरी भयो । केही दिन अगाडि पद सुरक्षित गर्नको लागि २० जना प्रतिनिधिसभा सदस्य रहेको राजनीतिक दललाई ११ वटा मन्त्रालय दिइयो । एउटै प्रदेशबाट, एउटै प्रकारका मान्छे ल्याइयो । त्यो प्रदेशबाट अरु दुईजना गन्ने हो भने १३ जनालाई दिइयो ।

२५ मन्त्रीमध्ये १३ जनालाई एउटै प्रदेशबाट मन्त्री बनाइयो । यस्तो प्रकारको राजनीतिक गतिविधि हुँदा म त्यही राजनीतिक दलको हुँ, मैले मानिरहनु पर्छ भन्ने हो भने त्यहाँ रहनुको अर्थ–देश जतासुकै जाओस्, जनताको अधिकार जतासुकै जाओस्, संविधान जेसुकै होस् भन्ने हुन्छ ।

म त्यो राजनीतिक दलको मान्छे हुँ भनेर आखाँ चिम्लेर समर्थन गर्नुपर्छ भन्ने अर्थ लाग्छ । राजनीतिक दलको सदस्य हुनुको सबभन्दा महत्वपूर्ण अर्थ देश र जनताका लागि त्यो राजनीतिक दलले आफ्नो घोषणापत्रमा, सिद्धान्त, नीति, विधानमा जे भनेको छ, त्यो दृढतापूर्वक अवलम्वन गर्नुपर्छ भन्ने हो । जहाँनेर पार्टीले नीति अवलम्वन गर्दैन र विपरित गर्छ, त्यहाँनेर गलत भयो भन्ने अधिकार पार्टीका सदस्यलाई हुन्छ ।

पार्टीका नीति, उदेश्य, विधान र त्यसको गन्तव्यमा ठूलो आघात पर्न थालेपछि एमालेका सदस्य भएको नाताले र लामो समयदेखि योगदान गरेको व्यक्तिमध्येको हैसियतबाट हामीले यो आघात गर्न पाइँदैन है भनेर पाइला चालेका हौं । यो पार्टीप्रतिको हाम्रो प्रतिबद्धता हो ।

प्रधानमन्त्रीबाट माथि भनेजस्तै कुनै पनि काम नभएको भए र हामीले यस्तो गरेको भए उचित हुने थिएन । तर, प्रतिनिधिसभा विघटन, विभिन्न अध्यादेश, संवैधानिक निकायमा गतिविधि र राष्ट्रिय हितविपरितका गम्भीर विषयमा आघात पुग्यो । यसको प्रतिरक्षा गर्नु पार्टीका इमान्दार सदस्यको कर्तव्य हुन्छ, हामीले त्यही निर्वाह गरेको हो ।

गठबन्धनभित्रै तपाईंहरू नाटकीयरुपमा एमाले एकतामै जानुहुन्छ भन्ने आंशका देखिन्छन् । ती आशंका कसरी निरुपण गर्नुहुन्छ ?

हामी एमालेको पूर्ववर्ती संगठन (कोर्डिनेसन केन्द्र) को कालदेखि आजसम्म नियमित रुपमा प्रतिबद्ध व्यक्तिहरू हौं । हामी निश्चय पनि पार्टी एकता होस्, छिन्नभिन्न नहोस् भन्ने चाहन्छौं । त्यसैकारण जब सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अलग–अलग भए भन्ने आशयबाट फैसला गर्‍यो त्यसलगत्तै हामीले अब एमालेको नवौं महाधिवेशनबाट निर्णय र विधानबमोजिम सम्पूर्ण संरचना क्रियाशिल बनाउन भन्यौं । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्षले मान्नु भएन ।

उहाँले फागनु २८ गते पार्टीको विधानविपरित आधाभन्दा बढी केन्द्रीय सदस्यलाई खबर नगरी बालुवाटारमा बैठक गर्नुभयो ।

र, केन्द्रीय कमिटीलाई विधानविपरित भंग गर्दिनु भयो । हामी राष्ट्रिय महाधिवशेनबाट निर्वाचित धेरैजनालाई उहाँले जिम्मेवारीबाट मुक्त गरिदिनु भयो । यो कारणले समस्या भएको हो ।

उहाँले यो नगरेको भए आन्तरिकरूपमा हाम्रा मतभेद भए पनि एउटा प्रक्रियाबाट अगाडि बढ्थ्यौं । त्यो उहाँले समाप्त गरिदिनु भयो । त्यसबाट हामी अत्यन्तै दुखित थियौं । त्यसैले आज पनि हामी एमालेको नवौं महाधिवेशनको मार्गनिर्देशन, सिद्धान्त, नीति, विधानअनुरुप क्रियाशील हुने सुनिश्चित होस् भन्ने चाहन्छौं ।

तर, यसदिशामा अहिलेसम्म पार्टी अध्यक्षबाट कुनै पनि सकारात्मक काम भएन । हामीले दुईपटक लिखितरूपमा उहाँलाई भन्यौं । त्यसमा उहाँले कुनै प्रतिक्रिया दिनुभएन । उल्टै हाम्रा कुरा पूरै अस्वीकार गरेर कथित ६ बुँदे प्रस्ताव ल्याउनु भयो ।

उहाँहरूले गठन गर्नुभएको दसौं राष्ट्रिय महाधिवशेन आयोजक कमिटी वैध हैन बरु एमालेको वैध कमिटी भनेको केन्द्रीय कमिटीमात्रै हो भनेर अदालतले भन्यो । यसलाई सहज स्वीकार गर्नुको सट्टा पुनरावलोकनमा गएर हामी मान्दैनौं भन्नुभयो, यसले उहाँहरू पार्टी एकताप्रति गम्भीर हुनुहुन्न भन्ने देखिन्छ ।

पार्टी अध्यक्षले म नवौं राष्ट्रिय महाधिवशेनबाट चुनिएको हुँ भन्ने तर अरु निर्वाचित पदको कुनै अर्थ नहुने भन्ने हुन्छ र ? त्यसैले एकताप्रति हामी निश्चय नै संवेदशनशील छौं ।

यसले गठबन्धनमा आशंका हुनुपर्ने केही छैन । हामीले पार्टी एकताका लागि जे कुरा राखेका छौं, त्यसरी गयो भने त एमालेले भोलि अरु राजनीतिक दलहरूसँग सहकार्य गर्न पनि सक्छ । किनभने लोकतन्त्र, राष्ट्रियताको लागि पार्टीमा नरहेमात्रै हामीले काम गर्न सक्ने र पार्टीमा रहँदा गर्न नसक्ने भन्ने हुँदैन ।

गठबन्धनमा पार्टी फुटेपछि मात्रै तपाईंहरू यसमा रहनुहुन्छ, नभए रहनुहुन्न भन्ने कसैको दृष्टिकोण छैन । हामीले अहिले जे भूमिका खेलेका छौं, त्यो देश र जनताप्रतिको कर्तव्य, पार्टीको विधान, सिद्धान्त बमोजिम गरेका छौं ।

भोली एमाले विधान बमोजिम, नवौं महाधिवशेनको मार्गनिर्देशन अनुसार अगाडि बढ्ने भयो भने पनि हामी अरु राजनीतिक दलसँग राष्ट्रियता, लोकतन्त्रको लागि सहकार्य जारी रहन्छ । त्यसकारण शंका गर्नुपर्ने केही कारण छैन ।

त्यसो भए एमालेको एकता भएन भने तपाईहरूको सहकार्य चुनावसम्मै रहन्छ ?

नेपालको संविधान, लोकतन्त्र, संसद र राष्ट्रियहितको लागि हामी निरन्तर सँगै रहन्छौं । राष्ट्रलाई संकटबाट जोगाउन र थप संकटमा नजाओस् भन्नका लागि यस्तो संयुक्त सहकार्य आम निर्वाचनमात्रै हैन लामो समयसम्म जाओस् भन्ने दृष्टिकोण राख्छौं ।

अहिले अरु राजनीतिक दलहरूसँग छलफल हुँदा तदअनुरुप नै राखेका छौं । र, अरुले पनि राख्नु भएकोछ । जबसम्म यी समस्या रहन्छन, तबसम्म सहकार्यका लागि तयार छौं ।

यस अगाडी एमालेका नेता भिम आचार्यले नेकपा एमाले एक हुन अब एक हप्ता लाग्छ यदि कुनै पनि छक्का पञ्जा भएन भने भनेका थिए तर एक हप्ता त क्रस भैसकेकाे छ । कान्तिपुर संवाददाता वविता शर्माले भिम जि संग गरेकाे कुराकानी यस्ताे छ ।