एमाले चर्चित नेताको ब’ला’त्कार का’ण्ड बाहिरियो, ओली तनाबमा

रेडियो दर्पण संवाददाता

२८ माघ, काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध ब’ला’त्का’र मु’द्धा दर्ता गरेको छ। जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं। ३७२ मा दर्ता भएको छ।महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर ब’ला’त्का’र गरेको जाहेरीमा उल्लेख गरेकी छिन।

यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए।

उनले भने, सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो। अब अनुसन्धान अघि बढ्छ। सांसद बानियाँका आफन्तले प्रलोभन र धम्की दिन थाले: पीडित महिला मुगुका सांसद मोहन बानियाँले ब’ला’त्का’र गरेको भन्दै,

जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी महिलाले असुरक्षित महशुस गरेको बताएकी छिन। आरोपी बानियाँका आफन्तले निरन्तर धम्की र प्रलोभन देखाउन थालेपछि अशुरक्षित महशुस गरेको उनले बताएकी छिन्।

जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाईले भेटेरै भोलि बिहान १० बजे तपाईको लिएको २५ लाख रुपैयाँ दिन्छौं। जाहेरी फिर्ता लिनुस् भनेको उनको भनाइ छ। पीडित महिलाले भनिन्, ‘मैले जाहेरी दिइसके।

म निकै पीडित छु। अब जाहेरी फिर्ता हुदैन। जे गर्छ कानुनले गर्छ। जाहेरी फिर्ता लिन आग्रह गर्दै बानियाँकी छोरीले समेत फोन गरेर प्रलोभन देखाएको उनले बताइ।

बानियाँको छोरा मदन बानियाँले जाहेरी दिएकै दिन जाहेरीले केही फरक नपर्ने भन्दै धम्की दिएको उनले बताइन। पीडित महिलाले थपिन्, म जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय जाँदै थिएँ।

बानियाँका छोराले तपाईले जाहेरी दिँदैमा कुनै असर पर्दैन। यस्ता क’र’णी घटना कयौं व्यहोरिसक्यौँ। यसको कुनै तुक छैन भने। बानियाँका आफन्तहरूले पटक पटक फोन गरेर, भेटेरै समेत धम्की दिइरहेको उनले बताइन।

पीडित महिलाले एक साता अगाडि सामाजिक सञ्जालमा ज्यान जोखिम रहेको जनाएका थिइन। उनले लेखेखकी थिइन, म मरे भने सांसद बानियाँकै कारणले मर्नेछु। उहाँ नै जवाफदेही हुुनु हुनेछ।

यसपछि घटना दबाउन कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय बनेका थिए। उनले पीडित महिलालाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिन समेत दबाब दिइरहेको महिलानको भनाइ छ।

जाहेरी दिँदाको दिनमा पनि सांसद परियार बाँके आएको उनले बताइन। उनले महिलालाई जाहेरी कसरी दर्ता हुन्छ रु हामी पनि हेर्छौ। भन्दै धम्क्याएका थिए।

लेनदेनको बिषयमा पनि मिलापत्र गर्न पटक पटक दबाब दिँदै आएको पीडित महिलाले बताइन। पटक पटक लिएको रकम फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक दिएका थिए।

राष्ट्रिय बाणिज्य बैंकको चेक रहेको खातामा पैसा थिएन ।चेक बाउन्स भएको छ। त्यही बाउन्स चेक समेत सांसद परियारसहितको टोलीले खोसेको थियो।

पीडित महिलाले सांसद बानियाँले जाहेरीमा नेपालगन्जस्थित अप्सरा होटलमा बलात्कार गरेको खुलाएकी छिन्। उनले भनिन्, ‘बानियाँले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलत्कार गरे।