काग्रेसले अर्को चुनाव पनि नराम्रो सँग हार्छ :रामचन्द्र पौडेल

रेडियो दर्पण संवाददाता

२ फाल्गुन, काठमाडौं ।

नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले आगामी निर्वाचनमा गठबन्धन नभए नेपाली काग्रेसको हालत खराब हुने ठोकुवा गरेका छन् ।

अहिले काग्रेस सँग जम्मा ३० प्रतिशत मात्रै मत रहेको तथ्य स्मरण गराउँदै पौडलले बाँकी ७० प्रतिशत मत काग्रेस भन्दा बाहिर रहेको र उनीहरु मिल्दा फेरी पनि काग्रेस बढारिने संकेत गरेका छन् । चुनाव मा पनि र त्यस पछि पनि गठबन्धन गरेरै जानु पर्ने उनले बताएका छन् ।

देशको संविधान र संसदीय अभ्यासको आवश्यकताको रूपमा गठबन्धन रहेको भन्दै पौडेलले यस बारे गलत व्याख्या नगर्न काग्रेस नेताहरुलाईनै स्मरण गराएका छन। पोखरामा आइतबार कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा पौडेलले गठबन्धन आवश्यक छैन भन्नेहरूले संविधान पढ्न र संसद्मा प्राप्त हुने परिणामको आकलन गर्नसमेत आग्रह गरे ।

पाँचदलीय गठबन्धन बनाएकै कारण कांग्रेसले केन्द्रीय सरकारको नेतृत्व गर्न पाएको र प्रदेशहरूमा समेत नेतृत्व गर्न पाएको तथ्य नबिर्सन उनले आग्रह गरे । राष्ट्रिय सभा निर्वाचनमा समेत आफ्नो पार्टीका तीन सिट खाली भएकामा ६ सिट जित्न गठबन्धनकै कारण सफल भएको उनको भनाइ थियो ।

‘हाम्रा साथीहरू गठबन्धन गर्न हुन्न भन्छन् । म सोध्न चाहन्छु, गठबन्धन नभएको भए के केन्द्रमा हाम्रो नेतृत्वमा सरकार बन्थ्यो रु प्रदेशहरूमा बन्थे रु राष्ट्रिय सभामा हाम्रो तीन सिट खाली भएको थियो, के गठबन्धन नभएको भए त्यसको रक्षा गर्न र अझ तीन सिट थपेर ६ सिट बनाउन सक्थ्यौँ रु’ उनले प्रश्न गरे ।

पौडेलले कांग्रेससँग जम्माजम्मी ३० प्रतिशत जनमत रहेको तथ्यलाई नभुल्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले प्रश्न गरे, ‘कांग्रेसले गठबन्धन गर्र्र्दैनौँ, सहकार्य गर्दैनौँ भन्दा बाँकी ७० प्रतिशत मिले भने के हुन्छ ? आफू अहिले जवाफ दिने ठाउँमा नभई कांग्रेसमा प्रश्न सोध्ने स्थानमा रहेको बताएका उनले यसको जवाफ कांग्रेस सभापति र निर्वाचित नेताहरूले दिनुपर्ने बताए । ‘मैले सुनिरहेको छु, केही साथीहरू गठबन्धन गर्न हुन्न भनिरहेका छन्, एक्लै हिँड्नुपर्छ भनिरहेका छन् ।