मलेसियामा फेरी एक नेपाली को मृत्यु ! हार्दिक श्रद्धाञ्जली

रेडियो दर्पण संवाददाता

क्वालालम्पुर ।

मलेसियामा फेरी एक नेपाली को मृत्यु भएको छ । सौचालय गएका सुनसरी का सन्तोस ठाकुरको सौचालायमै हृदय घात भएर मृत्यु भएको अनुमान गरिएको छ । उनको शब् स्थानीय अस्पतालमा पोस्टमार्टम को लागि राखिएको सोही कम्पनीमा कार्यरत नेपाली सुपरभाइजर शिव खड्काले जानकारी दिए ।

सुनसरीका सन्तोस मोन्टेज ओभरसिस प्राइभेट लिमिटेडबाट तासिन हार्डवेयर एसडिएन बिएचडी नामक कम्पनीमा पाच वर्ष देखि कार्यरत थिए । मलेसियाको पेनाङ्ग राज्यको पेराई पुलाउ पिनाङ्गमा मा कार्यरत,

सन्तोस मंगलबार साझा सौचालय गएको लामो समय सम्मानी नफर्केपछि सौचालय भित्रै दिशा गरेको अबस्थामा नै मृत्यु भएको पाइएको थियो । पोस्टमार्टमका लागि राखिएको सन्तोस को शब् पोस्टमार्टम भैसकेपछि नेपाल पठाउने प्रक्रिया सुरु हुने जनाइएको छ ।