मलेसिया रोजगारी – अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको तयारी, अर्काे हप्ता मिति घोषणा हुने

रेडियो दर्पण संवाददाता

क्वालालम्पुर :

मलेसियाले को-भिड भाइ’रसको संक्र-मण नियन्त्र’णका लागि लगाएको यात्रा प्रति-बन्ध हटाई अन्तर्राष्ट्रिय सीमा खोल्ने तयारी गरेको छ।

स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले यो हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले देशको सीमा पुनः खोल्न स्वीकृति दिएको बताएका हुन्। खैरीका अनुसार प्रधानमन्त्री दा’तुक सेरी इस्माइल साबरी याकोबले अर्को हप्ता सीमा खोल्ने मिति घो’षणा गर्ने छन्।

‘यात्रा र पर्यटन उद्योग अन्तर्गतका व्यवसायलाई यो घोषणा महत्त्वपूर्ण हुनेछ,’ पेतालिङ जयामा मलेसियाको १६ औं राष्ट्रिय मृगौला फाउन्डेसनको वार्षिक डायलासिस सम्मेलन २०२२ को उद्घाटनपछि उनले पत्रकारसँग भने। घोषणाले एयरलाइन्स, होटल, पर्यटन तथा ट्राभल उद्योगमा संलग्न रहेका सबै व्यवसायीलाई फाइदा पुग्ने उनको भनाइ छ।

थप समाचार – पर्वत, रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि पर्यटनको विकास गर्न थालेको छ ।

जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रलाई कृषि पर्यटनका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ ।

उक्त क्षेत्रबाट वैदेशिक रोजगारीका सिलसिलामा हङकङ, बेलायतलगायतका क्षेत्रका गएका स्थानीय प्रवासीले अभियान सञ्चालन गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र पर्यटनलगायतका विषयलाई अवधारणाका रूपमा अघि सारेर अभियान सञ्चालन गरेको चार भञ्ज्याङ तमु समाजले परियोजना नै निर्माण गरेर कार्यान्वयनमा ल्याएको हो ।

गाउँ बस्ती सहरीकरणको खोजीमा खाली हुँदै गएपछि गाउँवासीलाई गाउँमै रमाउने बनाउने मुख्य उद्देश्यका नयाँ अवधारणा अघि सारिएको तमु समाज बेलायतका अध्यक्ष मदन गुरुङले जानकारी दिनुभयो ।

उहाँले यसअघि विद्यालयका जीर्ण भवन निर्माण गर्ने र अत्याधुनिक प्राविधिक शिक्षा सञ्चालनका लागि समेत सहयोग गरिसकेको स्मरण गराउँदै पर्वत मै पहिलोपटक परियोजनाअन्तर्गत टेलि’मेडिसिन सेवा सञ्चालन गरेको बताउनुभयो । समाजको पहलमा निर्माण भएको टेलिमेडिसिनमा अहिले दैनिक ५० देखि १०० सम्म बिरामीले सेवा लिइरहेका छन् ।