प्रचण्डलाई कार्यक्रम स्थलमै सांघातिक हमला , बालबाल बाँचे प्रचण्ड

रेडियो दर्पण संवाददाता

२८ फागुन, सुर्खेत।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 9 प्रचण्ड 0 माथि उनकै कार्यकर्ताले सांघातिक हमला गरेका छन् । शुक्रबार पार्टीको कर्णाली प्रदेश समितिको प्रशिक्षणमा सहभागी भएका प्रचण्डलाई उनकै कार्यकर्ताले हमला गरेका हुन् ।

पूर्वजनमुक्ति सेनाका युवाहरुले प्रचण्डमाथि ढुङ्गामुडा प्रहार गरेका हुन् । प्रचण्डले ‘ केपी प्रवृत्ति ’ विरुद्ध लड्न आफूहले त्यस्तो गरेको बताउँदै गर्दा तलबाट एक युवाले ढुङ्गा हानेका थिए । ‘

मैले र माधव नेपालले शेरबहादुरकहाँ गएर तपाईं प्रधानमन्त्री भइदिनुहोस् भन्यौं , प्रशिक्षण कार्यक्रममा उनले भनेका थिए । ….. ‘ हामी संख्या पुर्याउँछौं , तपाईं प्रधानमन्त्री हुन तयार भइदिनुपर्यो भनिदिनुपर्यो।

प्रत्यक्षमा हामीले बढी सिट जितेको हो । तर , हामी केपी प्रवृत्तिविरुद्ध लड्नु प्रमुख हो भनेर त्यसमा अगाडि बढ्यौं । ‘ प्रतिगमनविरुद्ध संघर्ष ‘ मा माओवादीले आफूलाई प्रमाणित गरेको प्रचण्डको भनाइ छ । हामीले त्यसविरुद्ध विद्रोहको झण्डा उठाएको हो , ‘ उनले भने , ‘ अरु कुनै पनि पार्टीले प्रतिगमनविरुद्ध विद्रोह गरेर महाधिवेशन गरेका होइनन् ।

त्यसबाट माओवादी ज्यान दिएर लड्न तयार छन् भन्ने प्रामाणित भएको छ । प्रचण्डले निकै अन्यौलताका बेला गत साउनको बैठक पार्टीलाई वैचारिक र सांगठनिक दिसा देखाउन सफल भएको दावी गरे ।

साउन 30 ₹ 31 गते बसेको केन्द्रीय समिति बैठक हाम्रो पार्टीलाई ऐतिहासिक मोड दिने । 1 ऐतिहासिक बैठक बन्यो , ‘ उनको भनाइ छ , ‘ हामी जाने बाटो यही हो स्पष्ट थिएन । संगठनलाई सुधार गर्नेबारे पनि कसैको दिमाग स्पष्ट चित्र आएको थिएन ।

ऐतिहासिक बैठक बन्यो , उनको भनाइ छ , हामी जाने बाटो यही हो स्पष्ट थिएन । संगठनलाई सुधार गर्नेबारे पनि कसैको दिमागमा स्पष्ट चित्र आएको थिएन । ढुंगा प्रहार गर्ने युवाको पहिचान भएको छैन् ।

तर प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । एमसीसी पास गर्न भुमिका खेलेको भन्दै उनीमाथि आक्रमण भएको बुझिएको छ । फ्लोरबाट ढुङ्गा प्रहार भएपछि वाइसियलका नेताहरूले प्रचण्डको सुरक्षा गरेका थिए । यस विषयमा बुझ्दा प्रहरीले कुनैपनि अप्रिय घटना नघटेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले सामाजिक संजालमा एक सूचना जारी गर्दै कुनै पनि घटना नघटेको स्पष्ट पारेको छ ।