अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने भएपछि नेतृ कोमल वलीले दिईन बधाई

रेडियो दर्पण संवाददाता

२८ फागुन, काठमाडौं ।

फिल्मी क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन्। मानन्धर नेकपा एमालेमा प्रवेश हुने भएपछि एमालेकी नेता कोमल वली खुसी हुँदै उनलाई बधाई दिएकी छन्।

अभिनेत्री मानन्धरले आफू अब चाँडै औपचारिक कार्यक्रम गरेर एमालेमा प्रवेश गर्ने जानकारी दिएकी छन्। मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएपछि एमाले नेतृ वलीले सामाजिक सञ्जालमा आफ्नो भनाई व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, ‘करिश्माजी यहाँले विचार र नेतृत्व सही रोज्नु भएकोमा स्वागत छ, अनि बधाई पनि।’ अभिनेत्री करिश्माले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्वबाट बाट निकै प्रभावित भएको बताएकी थिइन् ।

अहिले देशका अधिकांश कलाकार हरु राजनीतितिर फर्कने क्रम बढ्दै गइरहेको छ। जसमा अन्य कलाकार पनि राजनीतिक क्षेत्रमा प्रवेश गरेका गरिसकेका छन्,। देशलाई उकास्नका लागि अब देशका कलाकारको पनि खाँचो रहेको जनाउँदै कलाकारहरु विभिन्न पार्टीमा प्रवेश गर्ने लर्को लागेको छ।

मनाङमा कांग्रेसको चुनावी अभियान सुरु
पाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको हो ।

अभियानको केन्द्रीय सदस्य गणेश लामाले शुभारम्भ गर्दै पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य लामा भन्नुहुन्छ, “पार्टीभित्र भएका मतभेद बिर्सौ, एकताबद्ध भएर हामी अगाडि बढ्नुपर्छ । हिमाली जिल्ला मनाङबाट कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्छ ।”

पार्टीका जिल्ला सभापति शङ्कर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुनुपर्नेमा जोड दिनुभयो । गुरुङ भन्नुहुन्छ, “स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा उत्साह छ, सुशासन प्रवद्र्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।” कार्यक्रममा कांग्रेस नेता टेकबहादुर गुरुङ, पाल्टेन गुरुङ, कोमलबहादुर घले तथा कर्मा गुरुङले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।