मलेसियाबाट पनि सुरु गरियो ई पासपोर्ट को वितरण ! यसरि लिन सकिन्छ

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

मलेसियास्थित नेपाली दूतावासबाट बुधवारदेखि विद्युतीय राहदानीको प्रत्यक्ष दर्ता सुरु भएको छ । वैदेशिक रोजगारीका लागि दुई लाखभन्दा बढी नेपाली रहेको मलेसियामा नेपाली श्रमिकको सहजतालाई दृष्टिगत गरी

राहधानी विभागमार्फत विद्युतीय राहधानीको सुरुवात गरिएको हो । विद्युतीय राहधानीको सुरुवात वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका चौधरीको राहदानी नवीकर को प्रत्यक्ष दर्ताबाट सुरु गरिएको थियो ।

राहदानी विभागबाट उनको राहदानी छपाइसमेत गरेर सफल परीक्षण गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको जनाएको छ। छ। दूतावासले पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरणको लागि प्रत्यक्ष दर्ता गरेको छ । दूतावासले सुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङको आधारमा सेवा प्रदान गर्ने र त्यसपछि नियमित रूपमा विद्युतीय राहदानी जारी गर्ने जनाएको छ ।

विद्युतीय राहदानी सुरुवात कार्यक्रममा नेपालवाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय माध्यमवाट सहभागी जनाएका थिए । उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत मोतीबहादुर श्रीस लगायतको उपस्थिति रहेको थियो ।

राहधानी विभागले आइतबारदेखि परीक्षणको रूपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इन्रोलमेन्ट गरी विद्युतीय राहदानी उत्पादन सुरु गरेको थियो । विदेशस्थित नियोगबाट जारी गरिएको त्यो पहिलो विद्युतीय राहधानी थियो ।

त्यसलगत्तै नेपाली दूतावास, कतारले बुकिङ खुला गरेको थियो विभागले कतार र मलेसिया बाहेकका नेपाली नियोग रहेका मुलुकमा पनि उपकरण पठाउने काम भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने जनाएको

नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी जम्मा ४१ स्थानवाट विद्युतीय राहदानीको लागि लाइभ इन्रोलमेन्ट सुरु भइसकेको विभागले जनाएको छ । अन्य जिल्लामा तीनवटा प्राविधिक टोलीले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालिम प्रदान गर्ने कार्य भइरहेको विभागले जनाएको छ । नागरिक मा समाचार छ