आइसीसी लिग-२ : नेपाल र पीएनजी भिड्दै

रेडियो दर्पण संवाददाता

२ चैत, काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा खेल सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दैछ । नेपालले यस अघि पीएनजीविरुद्ध खेलेको दुबै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।

शृंखला अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार बेहोरेको छ । लिग-२ मा नेपालले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ ।

एट्लेटिको क्वाटरफाइनलमा, युनाइटेड बाहिरियाे
स्पेनिस क्लब एट्लेटिको म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै १-० ले पराजित गर्दै एट्लेटिकोले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा एट्लेटिकोको जितमा रेनान लोडीले एकमात्र निर्णायक गोल गरे । खेलको ४१औं मिनेटमा एन्टोइन ग्रिजमनले दिएको क्रसलाई ब्राजिलियन डिफेन्डर लोडीले हेडरमार्फत गोल गरेका हुन् ।

पहिलो लेग १-१ को बराबरीमा सकिएको र एट्लेटिको समग्रमा २-१ को जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको हो । युनाइटेड भने बाहिरिएको छ ।