एमालेले पहिले जबरालाई बोक्यो, अहिले गभर्नर अधिकारीलाई बोक्दै !

रेडियो दर्पण संवाददाता

२८ चैत, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल एमालेले निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई पुनर्बहाली गर्नुपर्ने भन्दै स्थानीय निर्वाचनमा जाने उपयुक्त एजेन्डा भेटाएको छ ।एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला अधिकारीलाई गभर्नर नियुक्त गरिएको थियो ।

लामो समय राष्ट्र बैंकमा बिताएका अधिकारी एमालेका होल टाइमर कार्यकर्ता मानिन्थे ।त्यही कारण योग्यता नपुग्दा नपुग्दै पनि ओलीले अधिकारीलाई गभर्नर बनाएका थिए । एमालेले अधिकारीलाई गभर्नर बनाउनुको मुख्य कारण थियो, देशको आर्थिक अवस्थामा आफ्ना पहुँच बढाउनु ।

देशभित्र विदेशबाट अवैध रकम भित्र्याउँदा पनि गभर्नर आफ्नै भएकाले एमालेलाई निकै सजिलो हुन्थ्यो । तर, जब ओली प्रधानमन्त्रीबाट च्यूत भए, तब अधिकारी त’नावमा परे ।

नयाँ सरकारका अर्थमन्त्री जनार्दन शर्मासँग गभर्नर अधिकारीको बोलचाल नै बन्द भयो । स्रोतका अनुसार शर्मा र अधिकारीबीच आठ महिनायता सामान्य बोलचालसमेत हुँदैनथ्यो ।

नेपाल राष्ट्र बैंकका गभर्नर भएर पनि अधिकारीले भएभरका आर्थिक गतिविधिका गोप्य सूचना बालकोटस्थित केपी निवासमा पुर्याउने गरेको सरकारले पत्ता लगायो ।केही दिनयता एमालेले देशको आर्थिक अवस्था जर्जर भएको,

श्रीलंका बन्न थालेको पछाडि अधिकारीकै सूचनाले काम गरेको पत्ता लगाएपछि सरकारले उनलाई फायर गर्यो ।त्यसपछि अहिले एमाले तिलमिलाएको छ । कतिसम्म भने एमालेबाट अर्थमन्त्री बनेका विष्णु पौडेल, सुरेन्द्र श्रेष्ठ र डा.युवराज खतिवडाले अर्थमन्त्री जनार्दन शर्मावि’रुद्ध आ’क्रो’श पोखे ।

उनीहरूले शर्माकै कारण देशको आर्थिक अवस्था भयावह बन्न पुगेको आ’रो’प लगाए । तर आर्थिक अवस्था मजबुत कसरी पार्ने भन्ने कुनै उपाय सुझाएनन् ।उनीहरूले मात्र एमाले सरकारको पालामा आर्थिक अवस्था मजबुत रहेको दलील मात्र पेस गरे ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले महाअभियोग लगाउँदा पनि एमालेले प्रतिवाद गरेको थियो।एमाले अध्यक्ष केपी ओलीले त जबरालाई भन्दा प्रतिनिधिसभा पुनस्र्थापना गर्ने आदेश सुनाउने पाँचै न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने भन्दै जबराको बचाउ गरेका थिए ।