कञ्चनपुरमा माओवादी कार्यकर्ताले कुटे एमाले कार्यकर्ता

रेडियो दर्पण संवाददाता

२१ वैशाख, काठमाडौं ।

कञ्चनपुरमा नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले एमालेमाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी घाइते भएका छन् । एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ ।

माओवादीका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समुहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको उपसचिव चन्दले बताए ।बागफाँटा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र पुजराले चुनावी र्यालीमा एमाले र माओवादी कार्यकर्ताबीच सामान्य विवाद भएको बताए ।

‘आज बागफाँटामा माओवादीको र्‍यालीयाली थियो, त्यो र्‍यालीयालीमा एमालेका कार्यकर्ता पुगेछन्हा । म्रो र्‍यालीयालीमा किन आएको भनेपछि विवाद भएको रहेछ ।