२४ वैशाख, काठमाडौं ।
नेपाली बजारमा एक्सर भी१५० र एक्सर जी१५० इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । भारतीय कम्पनीका यी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सुन्दर ट्रेडर्स प्रालिले यी स्कुटर केही दिन पहिले भित्र्याएको हो ।
स्कुटरमा ६० भोल्ट ४० एम्पियरको ब्याट्री छ भने १५ सय वाटको मोटर जडान गरिएको छ । दुवै स्कुटरले सिंगल चार्जमा १२० किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ । फुल चार्ज गर्न करिब ३ घण्टा लाग्छ ।
स्कुटरको उच्चतम गति ५५ किलोमिटर प्रतिघण्टा छ । स्कुटरमा एन्टी थेफ्ट सिस्टम, किलेस इन्ट्री, जीपीएस सिस्टम, यूएसबी सिस्टम आदि विशेषताहरु उपलब्ध छन् ।
ब्याट्री र मोटरमा ३ वर्ष र मोटर कन्ट्रोलरमा १ वर्षको वारेन्टी छ । एक्सर भी१५० को मूल्य २ लाख ३७ हजार र जी१५० को मूल्य २ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।
सुन्दर ट्रेडर्सले सुन्दर यातायातमार्फत काठमाडौं र भैरहवा क्षेत्रमा समेत इलेक्ट्रिक बस समेत चलाइरहेको छ । काठमाडौंको रिङरोडमा इलेक्ट्रिक बस गुडिरहेका छन् ।