वीरेन्द्रनगर नगरपालिका उपप्रमुख उम्मेदवार ढकालको गाडीमा आगजनी

रेडियो दर्पण संवाददाता

२५ वैशाख, काठमाडौं ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ । कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कारपियोमा अज्ञात समूहले आगजनी गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका-६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटलअगाडि पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

त्यस्तै जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ । मिनि बस एमालेको चुनाव प्रसारप्रचारमा प्रयोग हुँदै आएको थियो ।

आगजनीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक पदमबहादुर विष्टले बताए । शंकास्पद पाँच जनालाइ नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक बिष्टले बताए ।