Huwaie मलेसियाले बिदेशी कामदारलाई हालसम्मकै धेरै तलबको घोषणा..

रेडियो दर्पण संवाददाता

क्वालालम्पुर :

बिश्वकै ठूलो मोबाईल तथा मोबाईल टेक्नोलोजी उत्पादन तथा बितरण गर्ने Huawei Technologies (Malaysia) Sdn. Bhd. ले मलेसियामा नयाँ प्लान्ट खोल्ने भएको छ ।

मलेसियाको Jln Tun Razak, Hampshire Park, 50450 Kuala Lumpur, Wilayah Persekutuan Kuala Lumpur, मलेसियामा पहिले नै एउटा प्लान्ट रहेको छ ।

त्यसबाहेक क्वालालम्पुरकै अर्को स्थानमा हुवाइले नयाँ प्लान्ट स्थापानाको लागि कामदारको आवश्यक समेत महसुस गरेको बताइन्छ ।

राम्रो सेवासुविधा देखि राम्रो तलब प्रदान गर्ने बिश्वकै लिडिङ कम्पनी हुवाइ मलेसियाको नयाँ प्लान्ट संगै ठूलो संख्यामा नेपालीले रोजगार पाउने बताइएको छ ।

हुवाइको रोजाइमा समेत नेपाली कामदार रहेको हुँदा नेपालीको लागि मलेसियाको राम्रो कम्पनीमा अवसर आएको हो ।

सुरक्षा गार्डको तलब बढाउन आग्रह

नेपाल सरकारले मलेशियासँग त्यहाँ सुरक्षा गार्डका रूपमा कार्यरत नेपाली कामदारको पारिश्रमिक बढाएर तीन हजार रिङ्गिट पुर्‍याउनुपर्ने प्रस्ताव गरेको अधिकारीहरूले बताएका छन्।यद्यपि त्यसबारे मलेशियाले हालसम्म जवाफ दिइसकेको छैन।नेपाल र मलेशियाबीच भएको श्रम समझदारी अनुसार बनेको संयुक्त कार्यसमूहको निकट भविष्यमा हुने बैठकमा त्यसबारे थप छलफल हुनसक्ने ढकालले जानकारी दिए।

पञ्जियारका भनाइमा मलेशियामा “सबैभन्दा लामो समय काम गर्नुपर्ने र पारिश्रमिकमा पनि अन्याय भोग्ने” समूहमा नेपाली सुरक्षा गार्ड पर्छन्।उनी भन्छन्, “नियम अनुसार पूर्व प्रहरी वा पूर्व सैनिकहरू मात्र त्यस्तो गार्ड बन्न पाउँछन्। धेरै सामान्य नेपालीहरू पनि गार्ड रहेकाले कम्पनीहरूले स्वीकृति लिएका छैनन्।”

“त्यस्तोमा नेपाली सुरक्षा गार्डहरूले पाउनुपर्ने सबै सुविधा नपाएको अवस्था छ।”

मलेशियामा नेपाली कामदार

ढकालका अनुसार गत ज्यानुअरीमा मलेशिया सरकारले उपलब्ध गराएको विवरण अनुसार त्यहाँ एक लाख ७८ हजार नेपाली श्रमिक छन्।

त्यो भन्दा अगाडिको विवरणमा १ लाख ६० हजार श्रमिक रहेको उल्लेख थियो।आगामी जुनसम्मका लागि मलेशियाले अवैध रूपमा बसेका कामदारलाई वैध बन्ने अवसर दिएकाले उक्त सङ्ख्या बढेको हुनसक्ने उनी बताउँछन्।मलेशियामा अवैध रूपमा कार्यरत नेपाली कामदारको सङ्ख्या भने आफूहरूलाई थाहा नभएको दूतावासका अधिकारीहरूको भनाइ छ।यद्यपि अनौपचारिक रूपमा कामदारहरूले बताए अनुसार त्यहाँ अझै पनि ४० देखि ५० हजारसम्म नेपाली कामदारहरू अवैध रूपमा कार्यरत छन्।