मलेसियाको (Air Selangor) ले बढायो कामदारको तलब !

रेडियो दर्पण संवाददाता

क्वालालम्पुर ।

मलेसियाको प्रतिष्ठित कम्पनी Pengurusan Air Selangor Sdn Bhd (Air Selangor) कम्पनीले तलब वृद्धि गर्ने भएको छ ।

मलेसियाको Pengurusan Air Selangor Sdn Bhd (Air Selangor) ले यो बर्ष राम्रो आम्दानी तथा कार्य सम्पन्न भएकोले बोर्ड मिटिङ बाट सबै कामदारको न्युनतम तलब वृद्धिको निर्णय गरेको सन्चार माध्यमले जनाएको छ ।

मलेसियाको Pengurusan Air Selangor Sdn Bhd (Air Selangor) ले हाल कामदारलाई १३ सय रिङ्गेट दिएकोमा अब भने सो रकममा वृद्धि गरेर कम्तिमा पनि RM 18 सय पुराउने अनुमान गरिएको छ ।

मलेसिया सरकारले सबै कम्पनीलाई बिदेशी कामदारको न्युनतम तलब वृद्धि गरेर कम्तिमा पनि RM 15 सय बनाउन भनेको छ ।

मलेसिया सरकारले सन 2022 को अन्तसम्ममा सबै कम्पनीले न्युनतम तलब सरकारले तोकेको बनाउनै पर्ने भनेको छ भने रोजगारदाता कम्पनीले सो को बिरोध गर्दै आएका भए पनि केही राम्रा कम्पनीले सरकारले तोकेको तलब दिन सुरु गरेका छन् ।

Pengurusan Air Selangor Sdn Bhd (Air Selangor) को न्युनतम तलब वृद्धिले मलेसियामा रहेका नेपालीहरुलाई राहत दिइएको छ ।