कांग्रेस उम्मेद्वार सवार कार ब्रेक फेल भएर दुर्घटना

रेडियो दर्पण संवाददाता

२९ वैशाख, गोरखा ।

पालुङटार नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षका उम्मेदवार भेजराज पाण्डे सवार कार पल्टिएको छ।

प्रदेश ३–०१–०२४ च १५४० नंबरको कार बिहीबार दिउँसो मिकोटको कामीडाँडा भन्ने ठाउँमा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

रामज्योति आधारभूत विद्यालयको मतदान केन्द्र अवलोकन गरेर फर्कने क्रममा ब्रेक फेल भई कार पल्टिएको कारमा सवार डाक्टर मोदानाथ मरहट्टाले जानकारी दिए।

कारमा सवार वडाअध्यक्षका उम्मेद्वार पाण्डे, डाक्टर मरहट्टा र गण्डकी प्रदेश समितिकी सदस्य रविकला खनालको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

सुर्खेतमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित
नेपाल प्रहरीले कैलालीमा दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेको छ ।

स्थानीय तह निर्वाचन, २०७९ मा थप मद्दतका रूपमा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरका रूपमा खटिएका भट्टले नेपाल प्रहरी सङ्गठनको छविमा आँच आउने तथा प्रहरी कर्मचारीलाई असर पु¥याउने कार्य गरेकाले निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी÷दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरीत आचरण व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टी हुन आएको जनाइएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम उनीमाथि थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको निर्णयअनुसार तीन महिनाका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।