१ जेष्ठ , काठमाडौं ।
काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् ।
उनले ७३६ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ६२० मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४२६ मत पाएकी छन् ।
सप्तरीमा खसेको मत भन्दा ४ मत बढी भेटियो सप्तरीको शम्भुनाथ नगरपालिकाको मतदान स्थलमा विवाद भएको छ । वडा नं १२ मा खसेको मत भन्दा ४ वटा मत बढी भएपछि विवाद भएको हो ।
मतपेटिकाको शिल खोलेको अबस्थामा भेटिएको एक राजनीतिक प्रतिनिधिले जानकारी दिएका छन् । जलेश्वर नगरपालिकामा जसपाको अग्रता महोत्तरी ।
जलेश्वर नगरपालिकाको प्रारम्भिक मतगणनामा जसपाले अग्रता लिएको छ । १८० मतगणना गर्दा जसपाका उम्मेदवार सुरेश साह सोनारले १०३ मत ल्याएका छन्।
लोसपाका रामसंकर मिश्रले १७, माओवादी केन्द्रका कौशलेन्द्र शर्माले ११ मत, नेपाली कांग्रेसका शम्भुनारायण पाठकले ६ मत र एमालेका रामआधार कापरले २० मत ल्याएको निर्वाचन कार्यालय जलेश्वरले जनाएको छ ।
स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएक
८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ । स्थगन भएकामध्ये १० मतदानस्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदानस्थलमा निर्णय हुन बाँकी छ ।
तीमध्ये प्रदेश नं. १ को ३, मधेस प्रदेशको २, बागमती प्रदेशको ५, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशका ५ मतदान केन्द्रमा नयाँ मिति तय भएको हो ।
निर्वाचन आयोगका अनुसार जेठ १ गते निर्वाचन हुने मतदानस्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको जनता माविको १, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १, बझाङको जयपृथ्वी नगरपालिका, सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको छ ।