भरतपुरमा एमालेका विजय सुवेदी फेरि लम्किए, झिनाे मतान्तर (मतसहित)

रेडियो दर्पण संवाददाता

१ जेष्ठ , काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिकामा केहीबेर रोकिएर सुरू भएको मतगणनामा गठबन्धनकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्। आफ्नो पार्टीको चुनाव चिह्न सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले देखाएर बदर गरिदिएको भन्दै एमाले प्रतिनिधिहरूले विरोध जनाएपछि केहीबेर मतगणना रोकिएको थियो।

हालसम्म ५६७७ मत गणना हुँदा रेनु दाहालले २००६ मत पाएकी छन्। उनलाई नजिकबाट पछ्याउँदै एमालेका विजय सुवेदीले १९५४ मत पाएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले हालसम्म ६५१ मत पाएका छन्।

भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२०१ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १५७१ मत पाएकी छन्।

हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।

अहिलेसम्म ३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १३ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ९ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ६ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।

तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ ।

एमालेबाट जिल्लाको देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ, बन्दीपुर–४ मा दानबहादुर थापा, भीमाद–२ दिनेश थापा, भीमाद–३ मा पदमसेन ठकुरी, म्याग्दे १ मा मणिभद्र वाग्ले, म्याग्दे –३ मा टुकराज अधिकारी र घिरिङ गाउँपालिका– २ मा नरबहादुर थापा विजयी भएको नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकालले जानकारी दिनुभयो ।

यसैगरी नेपाली कांग्रेसबाट ऋषिङ गाउँपालिका–२ मा दलबहादुर थापा, शुक्ला–१ मा रवीचन्द्र पौडेल र वडा नं २ मा सुमन राना, भीमाद नगरपालिका–१ मा दीपक आले तथा देवघाटमा मीनराज राना विजयी भएकोे नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट जिल्लाको आँबुखैरेनी गाउँपालिका–१मा प्रेमबहादुर गुरुङ र ऋषिङ गाउँपालिका–१ मा कुशबहादुर थापा विजयी भएको नेकपा माओवादी केन्द्रका जिल्ला नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिनुभयो । ऋषिङ १ मा नेकपा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको थियो ।

तनहुँको दश पालिकामध्ये नौ पालिकामा मतगणना कार्य जारी भए पनि व्यास नगरपालिका–८ मा भएको विवादका कारण मतगणना हुन सकेको छैन् । उक्त वडाका दुई मतदान केन्द्रमा पुनः जेठ ४ गते बिहान ७ बजेदेखि ५बजेसम्म मतदान गर्ने निर्णय भएको छ ।