भरतपुर महानगरमा रेनु दाहाल यति धेरी मतले पछि यस्तो अवस्था आयो !

रेडियो दर्पण संवाददाता

२ जेठ, भरतपुर ।

भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ५० मतले पछि परेकी छन् । ११ हजार ३२८ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ९४४ मत पाएका छन् भने दाहालले ३ हजार ८९४ मत पाएकी छन् ।

प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५७२ मत पाएका छन् । उपमेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४७६ मत पाएका छन् भने एमालेसँगको तालमेलमा राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ७० मत छ ।

दक्षिणकालीमा प्रमुख उपप्रमुखमा कांग्रेस विजयी
दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको हो । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी हुनुभएको थियो ।

उहाँले सात हजार २०१ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राससलाई जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाउनुभयो । नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी हुनुभएको छ । उहाँ पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी हुनुभएको थियो । उपप्रमुख तामाङले सात हजार ६२३ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाउनुभएको छ ।

नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

ललितपुर महानगर प्रमुखमा कांग्रेसको अग्रता
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ ।

पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाउनुभएको छ ।

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ । शनिबार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ ।

वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी हुनुभएको छ । उहाँले ६६१ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्तभएको थियो ।