महानगरका एमाले उम्मेदवारलाई हराउन पार्टीभित्रैबाट यतिसम्म भएको खुलासा गोप्य कुराकानी नै भयो लिक !

रेडियो दर्पण संवाददाता

३ जेष्ठ, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले देशका सबै अर्थात ५ वटै महानगरपालिकामा पछाडी परेको छ । यसका विभिन्न कारणहरु ओल्याउन थालिएको छ । कुनै महानगरमा उपयुक्त उम्मेदवारको

पार्टीले छनोट गर्न नसक्नु, सत्ता गठबन्धन हुनु, पार्टीभित्रैबाट अन्तरघाती काम हुनु लगायत यसका मुख्य कारण बनेका छन् ।

यसैबीच, पोखराका एमाले नेताहरुले पार्टी उम्मेदवार कृष्ण थापालाई हराउन चुनावअगाडि बनाएको गोप्य रणनीति बाहिरिएको छ । सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यसँग

रकम बार्गेनिङ गरेर थापालाई हराउन असन्तुष्ट खेमाका दुई नेताले गरेको कुराकानीको अडियो सार्वजनिक भएपछि यस्तो रणनीति बाहिर आएको हो ।

१३ मीनेट ५४ सेकेण्डको उक्त अडियो संवादमा हालसम्मका निस्कलंक हेभीवेट आचार्यलाई भोट हालेर थापालाई हराउन योजनावद्ध तयारीका कुरा गरिएका छन् । धनराजसँग पैसा मागेर कलममा भोट खन्याउने र थापालाई देखाइदिने उनीहरुको

योजना उक्त संवादमा प्रष्ट बुझिन्छ । दुईपक्षीय संवादमा फोनकर्ताको पहिचान खुलेको छैन भने अर्कोतिर एमालेबाट पोखरा महानगरको टिकटको आकांक्षी रहेका प्रदेश सांसद तथा युवा संघका

पूर्वअध्यक्ष राजीव पहारीका पिए मनोज छन् । मनोजले फोन गर्ने व्यक्तिलाई कृष्ण थापा हराउन आफू जेसुकै गर्न तयार रहेको विश्वास दिलाएका छन् ।

“ऊ ६४ वर्षको भैसक्यो । कृष्ण थापा सिध्दिएपछि बाटो खुल्ने राजीव दाइकै हो । त्यो खगे चोर (खगराज अधिकारी) र थापा काजी (कृष्ण थापा) दुवैलाई थाहा छ मनोजले असहयोग गर्ने होला भनेर । त्यसैले त्यसलाई अप्ठेरो पर्दैन दाइ । खगराजले त्यो मनोजले असहयोग गर्छ भनेको रहेछ । “

संवादमा अर्को पक्षले धनराजसँग पैसा लिएर भोट हाल्दिने गरी कुरा अघि बढाउन मनोजलाई पटक पटक आग्रह गरेका छन् । गठबन्धनका उम्मेदवार धनराज काका पर्ने भएकाले आफूले सिधै पैसा माग्न नसक्ने बाध्यता सुनाउँदै उनले त्यसको जिम्मा

लिइदिन मनोजलाई आग्रह गरेको संवादमा सुन्न सकिन्छ । कुराकानीका क्रममा उनीहरुले एमालेको पकड भएका वडामा अन्तर्घात गरेर थापालाई हराइदिने र राजीव पहारीलाई पोखराको राजनीतिमा हावी गराउने योजना बनाएका छन् ।

पोखराको प्रारम्भिक मतपरिणामले उनीहरुले सोचेको पुरा हुने संकेत पनि देखिएको छ । करिव १२ हजार ५९० मत गणना हुँदा धनराजले ५७ सय ४० र कृष्ण थापाले ५ हजार भोट पाएका छन् । उपमेयरमा भने एमालेकै मन्जुदेवी गुरुङ अगाडि छिन् ।

एमालेको गढ मानिएका ठाउँमै थापा पछि परेपछि एमालेहरुले अन्तर्घात भएको आशंका गर्न थालेका छन् । हाल पोखराको वडा नम्बर १,२,२३,२४ र २५ मा गणना भएको छ । जसमध्ये यसअघि एमालेले जितेका दुई वडा (१ र २ ) कांग्रेसले लिएको छ ।

“चुनाव जितिहाल्यो भने यिनीहरुले जिताएको हैन मैले नै जितेको हो भन्छ । हार्यो भने जसरी पनि दोष लगाउने हामीलाई नै हो । राजीव दाइलाई हो, पिएसलाई हो । माधव बाँस्तोला,मुनबहादुर गुरुङ,भीम कार्कीलाई हो ।”

देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखराको टिकट वितरणलाई लिएर एमालेमा चर्को लफडा भएको थियो । एमालेले दीपक पौडेललाई दिएको टिकट खोसेर थापालाई दिएपछि आन्तरिक द्वन्द्व चर्किएको हो ।

एमाले उपमहासचिव पृथ्बीसुब्बा गुरुङ पक्षका पौडेललाई दिइएको टिकट खोसेर संगठन विभाग प्रमुख खगराज अधिकारी निकट थापालाई दिएपछि त्यहाँ असन्तुष्टी बढेको हो ।

पौडेलले टिकट पाएलगत्तै ‘सुन चोरेको’ पुरानो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर पौडेलको बदनाम गराएको पिएस पक्षको आरोप थियो । यसले चुनावमा अन्तर्घात हुने अनुमान यसअघि नै गरिएको थियो । त्यसैको तुष फेर्न थापालाई हराउने रणनीति बनाएको उक्त अडियोमा पनि सुन्न सकिन्छ ।

यस्तो छ कुराकानी ः- फोनकर्ता – मेयरको चुनावको के छ मेलोमेसो ? मनोज– वडा जित्नुपर्यो,मेयर त्यस्तै हो । फोनकर्ता – धनराज मेरा अङ्कल हुन्, पोलिटिकल्ली उनी बाहिरका हुन् ।

अहिले कांग्रेससंग मिले, हामीले बोल्न मिलेन । हाम्रो एउटा ग्रुप छ, डीजी सयपत्री युवा क्लव जुन मैले सम्हालेको छु । हामी साइलेन्ट बसेर धनराजलाई सहयोग गर्छौं भन्नुपर्यो । मैले त अंकललाई सहयोग गर्छु,पैसा लेऊ भन्न मिलेन । त्यसको लागि कसरी गर्न सकिन्छ ?

भिडियो लिंक :