प्रचण्डकाे इलाकामा एमालेले गाड्याे विजयकाे झण्डा, माओवादीको लाल किल्ला गर्लम्मै ढल्यो

रेडियो दर्पण संवाददाता

३ जेष्ठ, काठमाडौं । स्था

नेकपा एमालेले चितवनको माडीमा मेयर पद जितेको छ। माओवादी केन्द्रका ऋषि काफ्लेलाई पराजित गर्दै एमालेकी ताराकाजी कुमारी महतो माडी नगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन्।

एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए ।

उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगकाे तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याउन सके । स्वतन्त्र उम्मेवार बनेका कृष्ण पौडेलले उपमेयरमा ३ हजार ८६ मत ल्याए ।

एमालेबाट निर्वाचित बनेकी ताराकुमारी काजी महतो यसअघिको स्थानीय तहको निर्वाचमा उपमेयरमा निर्वाचित भएकी थिइन् । ९ वटा वडा रहेको माडीमा राप्रपाले वडा नं. १ र ८, माओवादीले २,४,५ र ९, समाजवादीले ३ र ७ तथा एमालेले वडा नं. ६ मा जित हात पारेको छ ।

१४ भदौ २०३२ मा माडीको साविक बघौडा गाविस– ७ मा जन्मिएकी महतो बिहेपछि मात्रै राजनीतिमा प्रवेश गरेकी थिइन्। उनले लामो समय गैरसरकारी संस्थामा आवद्ध भएर काम गरिन्।

उनले गैर सरकारी संस्था समन्वय समिति चितवनबाट सञ्चालित डकाउ कार्यक्रमको भिलेज फ्यासिलेटरको रूपमा ५ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनी वडामा सचिव भई १२ वर्षसम्म काम गरिन्।

यही क्रममा उनले आदिवासी महिला र माडीवासीको समस्या बुझेकी थिइन्। गत स्थानीय निर्वाचनमा उनी माडी नगरपालिकाबाट उपमेयरमा निर्वाचित भइन्।

उपमेयरमा कांग्रेसका खेमप्रसाद महतो निर्वाचित भए। उनले राप्रपाका मदन पौडेललाई पराजित गरेका हुन्। महतो गत निर्वाचनमा मेयर पदमा उठेर ४४ मतले पराजित भएका थिए।