बालेनलाई भन्दा बढि मत स्थापितलाई

रेडियो दर्पण संवाददाता

४ जेष्ठ, काठमाडौं ।

बालेनलाई भन्दा बढि मत स्थापितलाई काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को मतगणनामा बालेन्द्र साहलाई भन्दा बढी मत केशव स्थापितलाई आएको छ ।

अहिले वडा नम्बर २८ को मतगणना भइरहेको छ । यो केशव स्थापितको आफ्नो वडा पनि हो । उक्त वडामा २०० मत गणना हुँदा स्थापितको पक्षमा ६० मत आएको छ भने बालेन्द्रले ४६ मत मात्रै पाएका छन् ।

स्थापितको वडामा गठबन्धनकोतर्फबाट मेयरमा कांग्रेसमा मेयरकी उम्मेदवार सिर्जना सिंहले भने ३३ मत पाएकी छिन् । आफ्नो वडामा स्थापितले सुरुआति अग्रता लिएका छन् ।

साह र स्थापितले पाएको कुल मतको अन्तर भने ८ हजार ५५३ छ । यो ४५ हजार मत गन्दाको परिणाम हो ।

महोत्तरीको अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा निर्वाचित
महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी नेपाल (जसपा)ले विजयी प्राप्त गरेको छ ।

तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अजयजङ्ग रायले दुई हजार २०८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताउनुभयो ।

यसैगरी उपाध्यक्ष पदमा जसपाकी दिपोदेवी पासवानले दुई हजार ६४ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत प्राप्त गनुभएको छ ।

जिल्लाको तीनवटा पालिकाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेस एक, नेकपा नेकपा (एमाले ) एक र तमलोपाले एक जितेका छन् ।